नेपालका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीको पुत्ला दहन

870

कालापानी न्युज, दार्चुला ।

मिसन नेपाल र लेकम गाउँपालिका वडानम्बर १ का युवाहरुले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् । नेपालको भूमी लिपुलेकमा भारतले सडक निर्माण गरेपछि त्यसको विरोधमा मिसन नेपाल र लेकम गाउँपालिका वडानम्बर १ का युवाहरुले दुइटै देशका प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
युवाहरुले बुधबार लिपुलेक ,कालापानी र लिम्पीयाधुरा हाम्रो हो भारतिय विस्तारबाद मुर्दाबाद जस्ता नागराबाजी गर्दै पुत्ला दहन गरेको सर्माेलीका एक जना युवा दिपक साउदले बताउनुभयो ।
लेकम गाउँपालिका वडानम्बर १ मा रहेको बडिपुर माध्यमिक विद्यालय सर्मोलीको प्रागंणमा पुत्ला दहन गरेका हुन् । पुत्ला दहनमा मिसन नेपाल र लेकम १ का युवाहरु गरि ५०÷६० जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !