नेकपा एसको जिल्ला कमिटि घोषणाका लागि नेपाल गोकुलेश्वर आउँदै

0
401
फाईल फोटो

दार्चुला, कार्तिक २३ गते ।
नेपाल कम्युष्टि पार्टी एकिकृत सामाजवादीको दार्चुला जिल्ला कमिटि घोषणाका लागि पार्टी अध्यक्ष माधव कुमार नेपाल बुधवार दार्चुलाको गोकुलेश्वर आउन लागेका छन् ।

जिल्ला कमिटि घोषणाका लागि नेपाल बुधवार शैल्यशिखर नगरपालिकाको वडा नं ९ गोकुलेश्वर आउन लागेको समाजवादीका नेता हिरा सिह धामीले बताउनुभयो । दिउसो १२ बजे हेलिकोप्टर मार्फत गोकुलेश्वर पुग्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । अध्यक्ष नेपालको टोलीमा पर्यटन नागरिक उड्डयन मन्त्री तथा नेकपा एसका पोलिटब्युरो सदस्य प्रेम बहादुर आले, सुदुरपश्चिम प्रदेशका भौतिक योजना मन्त्री तथा नेकपा एसका केन्द्रिय सदस्य दिर्घबहादुर सोडारी लगायत गोकुलेश्वर आउने कार्यक्रम रहेको छ । नेकपा एसको दार्चुला जिल्ला अध्यक्षमा विर बहादुर ठगुन्नालाई जिम्मेवारी दिने तयारी भएको स्रोतले जनाएको छ ।