निर्वाचनको समयमा दार्चुलामा मदिरा निषेध

0
560
जिल्ला प्रशासन कार्यालय दार्चुलाः फोटो कालापानी न्युज डटकम

दार्चुला, बैशाख २६ गते । 
स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै दार्चुला जिल्लाभरि मदिरा निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सार्वजनिक सूचना जारी गर्दै आइतबार राती १२ बजे देखि निर्वाचन अवधिभर मदिरा निषेध गरिएको जानकारी गराएको छ । गृह मन्त्रालयको निर्देशन तथा आइतबार बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वतावरणमा सम्पन्न गर्नका लागि निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६(थ) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को खण्ड क बमोजिम मादक पदार्थको सेवन र बिक्रीमा पूर्ण रोक लगाइएको सूचनामा उल्लेख छ । सूचनालाई वेवास्ता गरि निर्वाचन अवधिमा मदिरा सेवन तथा बिक्री वितरण गरेको पाइएमा नियमअनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ  ।