नाम छुटेका द्धन्द्धमा घाईतेको विवरण पेश गर्न प्रशासनको अनुरोध

934

दार्चुला, माघ १६ गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले कार्यदलमा नाम समाबेश नभएका घाइतेहरुको विवरण पेश गर्न सूचित गरेको छ । सशस्त्र द्धन्द्धका बेला घाइते तथा अपाङ्ग भएका व्यक्तिका परिवारहरुको विवरण कार्यदलमा छुट भएको गुनासो आइरहेकोले यथाशिघ्र विवरण पेश गर्न सूचित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले जानकारी दिनुभयो ।

वास्तविक रुपमा द्धन्द्धकालमा माओबादी सेनाका घाइते अपाङ्ग, सशस्त्र द्धन्द्ध, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गहरु पहिचान गरी उनीहरुबाट आबश्यक कागजपत्र सहित निबेदन संकलन गरी गृह मन्त्रालयमा पठाउन निर्देशन आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । कार्यदलमा नाम समाबेश नभएका जिल्लाका घाइते तथा अपाङ्गहरुको द्धन्द्ध पीडित खुल्ने गरी, ठेगाना तथा सम्पर्क नम्बर समेत खुलाई यथाशक्य कार्यालयमा पेश गर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारि गरेको सूचना हेर्नुहोस ।


तपाईको प्रतिक्रिया दिनुहोस् !