नवनिर्मित विद्यालय भवन तथा छात्राबासको उद्धघाटन (फोटो फिचर)

0
531

दार्चुला, असोज १८ गते ।
दार्चुला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माद्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन तथा छात्राबासको संयुक्त रुपमा औपचारिक कार्यक्रमका विच उद्धघाटन गरिएको छ ।

प्रदेश सरकार तथा महाकाली नगरपालिकाले बजेट विनियोजन गरि निर्माण गरिएका विद्यालय भवन तथा छात्रासको सोमबार उद्धघाटन गरिएको छ ।
२००९ सालमा स्थापना भएको खलंगा प्राथमिक विद्यालय र २०१३ सालमा स्थापना भएकोमहेन्द्र नमुना माद्यमिक विद्यालय २०७३ सालमा मर्ज भएका थिए । खलंगा प्राथमिक विद्यालयको भवन संरचना जिर्ण भएकाले २० कोठे तीनवटा नयाँ भवनहरुको निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले जानकारी दिनुभयो ।

विद्यालय भवनको उद्धघाटन गर्दै उपसभामुख बडाल र नगरप्रमुख भट्ट

सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत १ करोड ६० लाखमा ८ कोठे विद्यालय भवनको टेण्डर प्रक्रियाद्धरा निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । त्यसैगरि अर्काे ८ कोठे भवनको भुई तला प्रदेश सरकारको शिक्षा निर्देशनालयको ७० लाख बजेटमा ठेक्का प्रक्रिया मार्फत र पहिलो तला महाकाली नगरपालिकाको ३४ लाखमा विद्यालय ब्यवस्थापन समितिले निर्माण गरेको प्रधानाध्यापक जोशीले बताउनुभयो । तेस्रो ४ कोठे विद्यालय भवन प्रदेश सरकारको ९५ लाख बजेटमा ठेक्का प्रक्रियाबाट निर्माण गरिएको हो ।
त्यसैगरि टुहुरा तथा असहाय बालबालिकाहरुको बसोबासका लागि महाकाली नगरपालिकाको वडा नं ५ गल्फै क्षेत्रमा सात कोठे छात्राबास भवन निर्माण गरिएको छ । स्थानिय जग्गा दाताहरुले दिएको जग्गामा सात कोठा र ट्वाइलेट, बाथरुम र भान्सा सहितको छात्रासको निर्माण सम्पन्न भएको प्रधानाध्यापक जोशीले बताउनुभयो । प्रदेश सरकारको ७० लाख बजेटमा महाकाली नदी तटबन्ध संगै जोडिएको जमिनमा उक्त छात्राबासको संरचना निर्माण गरिएको छ ।

महाकाली नगरपालिका वडा नं ५ मा नवनिर्मित विद्यालयको छात्राबास

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष महादेब बडु कस्यपको अध्यक्षतामा गरिएको उद्धघाटन कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभाका उप सभामुख निर्मला बडाल जोशी प्रमुख अतिथि रहनुभएको थियो भने महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्ट विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले सबैको सहयोग र प्रदेश तथा नगरपालिकाको आर्थिक सहयोगमा विद्यालय भवनको निर्माण सम्पन्न भएको बताउनुभयो । हाल विद्यालयमा १ देखि ५ सम्म अंग्रेजी माध्यममा पढाई भइरहेको तथा ६ देखि १० सम्म अंग्रेजी र नेपाली दुबै माध्ययममा पठाई सञ्चालनमा रहेको उहाँले बताउनुभयो । विद्यार्थीको चापका कारण १ देखि १० सम्म दिउसो र ११ तथा १२ का कक्षाहरु विहान सञ्चालनमा रहेको प्रधानाध्यापक जोशीको भनाई छ ।

कार्यक्रममा बौल्दै शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले सम्पुर्ण विकासको पुर्वाधार शिक्षा रहेको बताउनुभयो । राज्ले शिक्षकलाई उच्च सम्मान नदिए सम्म शिक्षाको विकास सम्भव नरहेको उहाँको भनाई छ ।
कार्यक्रममा छात्राबासको जग्गा उपलब्ध गराउने दाताहरुलाई सम्मान गरिएको छ । महाकाली नगरपालिका वडा नं ५ का स्थानिय लोकमणि ठगुन्ना, प्रेम ठगुन्ना र रघुविर ठगुन्नालाई सम्मान गरिएको छ । जग्गा प्राप्तिमा सहजिकरण गर्ने महाकाली नगरपालिका वडा नं ५ का वडाध्यक्ष तोरण प्रसाद अवस्थी र समयमै निर्माण सम्पन्न गर्ने निर्माण ब्यवसायी तथा विद्यालय ब्यवस्थापन समितिलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका उप सभामुख निर्माण बडाल जोशीले नमुना विद्यालयमा छतमा टेन्ट राखेर पढाई भइरहेको विषयले दुखि बनाएको र प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभयो ।