नयाँ वर्षको पहिलो दिन ४ जनाले महाकाली तरेर नेपाल प्रबेश गरे

0
812

विरा दत्त भट्ट, दार्चुला ।

नयाँ वर्षको पहिलो दिन ४ जना नेपालीहरु महाकाली नदीबाट पौडिएर नेपाल तरेका छन् ।
नयाँ वर्षको पहिलो दिनमै महाकाली नदीबाट ४ जना नेपाली नेपाल प्रबेश गरेको महाकाली नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख भुवन जोशीले जानकारी दिनुभयो ।
आज मात्रै महाकाली नदी तरेर चार जना नेपाल प्रबेश गरेको उहाँले बताउनु भयो । महाकाकाली नदी तरेर नेपाल प्रबेश गरेकाहरुलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको विपद् व्यवस्थापन शाखा प्रमुख जोशीले जानकारी दिनुभयो ।
मसिनी बालुवा क्षेत्रबाट महाकाली नदी तरेर नेपाल तर्ने नेपाली नागरिकहरुलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको उहाँले बताउनु भयो । नेपाल तरेर नेपाल प्रबेश गर्नेमा चारै जना नौगाड गाउँपालिकाको रहेको उनको भनाई छ । उहाँका अनुसार नौगाड गाउँपालिका सरकारसंग समन्वय भइरहेको छ । सम्बन्धित स्थानीय सरकारसंग समन्वय गरेर उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउने तयारी भइरहेको उहाँले बताउनु भयो ।
महाकाली नगरपालिकाका एकमात्रै क्वारेन्टाइन महेन्द्र नमुना मावि खलंगा क्षेत्रमा मात्र्रै २४ जना क्वारेन्टाइनमा राखिएको उहाँले बताउनु भयो ।