धौलिगङ्गा जलविद्युत आयोजना निर्माण कम्पनीले धार्चुलामा अक्सिजन प्लान्ट स्थापना गर्ने

837

दार्चुला, जेठ १८ गते ।
भारतको धौलिगङ्गा जलविद्युत आयोजना निर्माण कम्पनी नेसनल हाइड्रो पावर प्रोजेक्ट (एनएचपिसि) लिमिटेडले धार्चुलामा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

कोरोना संक्रमणका बेला आम नागरिकका लागि कोरोनाबाट बचाउन अनेक कार्य गरिरहेको एनएचपिसि लिमिटेडले पिथौरागढको धार्चुला तहशिलमा रहेको संयुक्त चिकित्सालयमा अक्सिजन प्लान्टको स्थापना गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । संयुक्त चिकित्सालय धार्चुलामा ९५ लाख भारतीय रुपैयाँ लागतमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको एनएचपिसि लिमिटेड धार्चुलाका महाप्रबन्धक पीवि मिल्खले जानकारी दिएका छन् । नेपालको दार्चुला सदरमुकाम खलंगा संग सीमानाका जोडिएको धार्चुला बजारमा अक्सिजन प्लान्ट स्थापना भएमा नेपालका नागरिकहरुलाई समेत सहजता हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !