धौलिगङ्गाको ड्याम जुनसुकै बेला खोलिन सक्ने भन्दै सतर्क रहन आग्रह

728
धौलीगङ्गा परियोजनाको बाँध, फोटोः एनएचपीसी

दार्चुला, जेठ ६ गते ।
भारतको धार्चुला तहशिल क्षेत्रमा रहेको धौलिगङ्गा जलविद्युत परियोजनाका बाधका ढोकाहरु जुनसुकै बेला खोल्न सकिने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।


जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सुचना जारि गर्दै बाधका ढोकाहरु खोलिएमा महाकाली नदीमा पानीको जलस्तर बढ्न सक्ने भन्दै महाकाली नदी क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन आग्रह गरेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जारी गरेको सूचनामा महाकाली नदीमा जुनसुकै बेला जलस्तर बढ्न सक्ने भएकाले व्यास गाउँपालिका वडा नम्बर ५ धौलाकोट देखि लेकम गाउँपालिकाको लालीसम्मका स्थानिय बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । विगत केहि दिन देखि लगातार बर्षाद भइरहेकाले ड्यामका ढोकाहरु जुनसुकै बेला खोल्न सकिने भन्दै एनएचपिसि लिमिटेडले जिल्ला प्रशासन कार्यालय दार्चुला लाई पत्राचार गरेको छ । २०७० साल असार २ गते भारतले धौलिगङ्गा जलविद्युत आयोजनाको बाधका ढोका नेपालको जानकारी विना खोल्दा ठूलो धनजनको क्षती पुगेको थियो । धौलीगङ्गामा बादल फाटेपछि बाधमा जलस्तर बढेकोले भारतले नेपाली पक्षको विना जानकारी बाध खोलेको थियो । उक्त घटना पछि भारतीय पक्षले बाधका ढोका खोल्दा नेपाली पक्षलाई जानकारी गराउदै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !