धुलिगडामा बेवारिसे शव भेटियो

2487

दार्चुला, भदौ ४ गते ।
दार्चुलाको धुलिगडामा एउटा बेवारिसे शव फेला भएको छ । नौगाड गाउँपालिकाको वडा नम्बर ६ धुलीगडाको खेडा नजिकैको होपरीगाड खोलामा एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।
शव फेला परेको खबर पाउने बित्तिकै आइतवार इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक दीर्घराज बोगटी नेतृत्वको प्रहरी टोली घट्ना स्थलतर्फ गएको छ । खोलाको पानीमा डुबेको अवस्थामा महिला पुरुष छुट्याउन नसकिने अवस्थामा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । खोलामा घोप्टो परेको अवस्थामा शब फेला परेकाले लिङ्ग पहिचान गर्न नसकिएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !