धार्चुला पुगे उत्तराखण्डका मुख्यमन्त्री धामी, महाकाली किनारमा तटबन्ध बनाउने घोषणा

0
613
फाइल फोटो

दार्चुला, माघ २४ गते । 
भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुस्कर सिह धामी आइतबार चुनावी सभा सम्बोधनका लागि धार्चुला पुगेका छन् । फेब्रुअरी १४ तारेखमा हुने विधानसभा चुनावका लागि भाजपाले धार्चुलामा  आयोजना गरेको जनसभामा मुख्यमन्त्री धामी पुगेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । 

कार्यक्रममा बोल्दै मुख्य मन्त्री पुस्कर सिह धामीले धार्चुला बजारको महाकाली नदी किनारमा तटबन्ध बनाउने बताएका छन् । नदीबाट सुरक्षाका लागि तटबन्ध निर्माणका लागि ७६ करोड बजेट दिने मुख्यमन्त्री धामीले घोषणा गरेका छन् ।


महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माणको काम गरिरहेको छ । महाकाली नदीको धार नेपालतर्फ मोड्ने गरि तटबन्ध निर्माण भइरहेको भन्दै यसको नेपालमा विरोध समेत भइरहेको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सासंद एवं पुर्व मन्त्री गणेस सिह ठगुन्नाले सरकारसँग तटबन्ध निर्माणको काम तत्काल रोक्न माग गरेका छन् । नेपाल सरकारले यसबारे कुनै औपचारिक विरोध नगर्दा भारतले तटबन्ध निर्माणको काम जारी राखेको छ । 

चुनावी सभा सम्बोधनका क्रममा उत्तराखण्डका मुख्यमन्त्री धामीले तटबन्ध निर्माणका साथै धार्चुला विभानसभा क्षेत्रका बाढी पहिरो पिडित परिवारहरुलाई सुरच्छित स्थानमा स्थानान्तरण गरिने घोषणा गरेका छन् । छलमा छिलासौका छुटेका पिडित परिवारहरुको प्राथमिकताका साथ पुर्नवास गरिने उहाँले बताएका छन् । धार्चुलामा सञ्चार व्यवस्थामा सुधार तथा गाउँ गाउँ सम्म विस्तार गरिएका सडकको सुधारिकरण गरिने मुख्‍यमन्त्री धामीले घोषणा गरेका छन् । 


जनसभामा मुख्यमन्त्री धामीले भाजपाका उम्मेदवारका लागि भोट मागेका छन् । भाजपा सरकारले पाँच वर्षमा गरेका उपलब्धिको बारेमा समेत मुख्य मन्त्री धामीले सभामा जानकारी गराएका छन् । उत्तराखण्ड राज्यमा भाजपाले यस पटकको चुनावमा ६० भन्दा बढी विधानसभा सिट जित्ने धामीले दाबी गरेका छन् ।


आइतबार बिहान साढे १० बजेतिर मुख्य मन्त्री धामी हेलिकोप्टर मार्फत धार्चुला पुगेका थिए । धार्चुलामा भाजपाका कार्यकर्ताहरूले धामीको फुलमाला सहित भब्य स्वागत गरेका थिए ।


कार्यक्रममा भाजपा पिथौरागढ जिल्ला महामन्त्री बसन्त जोशी, सासंद अजय टमटा, जिल्ला अध्यक्ष विरेन्द्र बल्दीया लगायत भाजपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 


चुनावी माहोल तातेका बेला मुख्म मन्त्री धामीले धार्चुलामा भ्रमण गर्नु महत्वपूर्ण मानिएको छ । सामरिक एवं रणनीतिक महत्व बोकेको त्रिदेशीय सीमा क्षेत्र धार्चुला विधानसभामा हाल सम्म भाजपाले विजय हासिल गर्न सकेको छैन
विधानसभा निर्वाचन २०२२ का लागि धार्चुला विधानसभा चुनावमा भाजपाले धार्चुला ब्लक प्रमुख धनसिह धामीलाई उम्मेद्धवार बनाएको छ भने काङग्रेसले युवा नेता हरीश सिह धामीलाई चुनावी मैदानमा उतारेको छ ।