धार्चुला–दोबाट सडकमा कार दुर्घटना हुदाँ एक जनाको मृत्यु

0
1190

दार्चुला, मंसिर २० गते ।
भारतको धार्चुला दोबाट सडकमा कार दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शुक्रबार भएको कार दुर्घटमा नेपाल रोड धार्चुलाका देब राज गरब्र्यालको मृत्यु भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । ५२ बर्षिय गरब्र्याल यु.के ०४ के ४८०१ नम्बरको कार चलाएर धार्चुला आइरहेका थिए । धार्चुला दोबाट सडकको टिभी टावर नजिकबाट कार खसेर महाकाली नदीमै पुगेको थियो । शबको धार्चुला अस्पतालमा पोष्टमार्टम गरि शुक्रबार नै आफन्तहलाई जिम्मा लगाइएको थियो ।