धार्चुलामा ६ जना एसएसबी र एक स्थानियमा कोरोना संक्रमण

0
824

 

दार्चुला, साउन ९ गते ।
भारतको सिमावर्ती जिल्ला पिथौरागढको धार्चुला तहशिलमा छ जना सिमा सुरक्षा बल (एसएसवि) र एक स्थानियमा कोरोना संक्रमण पुष्टी भएको छ । सातै जनाको विहिबार रिर्पाेट आएको धार्चुलाका पत्रकार राकेश तिवारीले जानकारी दिएका छन् ।
जम्बु कश्मीरबाट आएका १ सय २० जना सुरक्षाकर्मीहरु मध्ये ६ जनाको रिर्पाेट पोजेटीभ आएको हो  । कोरोना पुष्टी भएका स्थानिय कुवेतबाट आएको बुझिएको छ । जम्बु कश्मीरबाट आएका एसएसबीका जवानहरु निगलपानी क्वारेन्टाइनमा थिए भने कारोना देखिएका स्थानिय संस्थागत क्वारेन्टाइनमा बसेका थिए । कोरोना संक्रमित सबैलाई पिथौरागढ पुगाएर आइसोलेसनमा राखिएको छ ।
कोरोना संक्रमण देखिएपछि धार्चुलाका ब्यापारीहरुले शनिबार र आईतबार दुई दिन बजार बन्द गर्ने निर्णय गरेका छन् । सोमबारबाट भने बजार विहान ८ बजे देखि दिउसो २ बजे सम्म खुला रहनेछ । कोरोना बारे सावधानी बढाई जोखीम कम गर्न बजार बन्द भइरहेको पत्रकार तिवारीले जानकारी दिनुभयो ।
जम्बु कश्मीरबाट आएका एसएसबीका जवानहरु धार्चुला अस्पत्तालमा पनि पुगेकोले अस्पत्तालका सबै कर्मचारी र तिनका परिवारको कोरोना परिक्षण गरिएको छ ।
धार्चुला अस्पत्तालले इमेरजेन्सी सेवा बाहेक अन्य सेवाहरु एक हप्ता सम्म बन्द गर्ने निर्णय भएको छ ।
साथै हालै पिथौरागढमा सम्पन्न भएको भारतीय जनता पार्टी ( विजेपी) को बैठकमा सहभागि हुन आएका महामन्त्रीलाई कोरोना संक्रमण पुष्टी भएपछि उक्त बैठकमा उपस्थित भएका ब्यक्तिहरुको पनि कोरोना परिक्षण भइरहेको छ ।
बैठकमा उपस्थित भएका विजेपी धार्चुलाका १६ जना नेताहरुको कोरोना परिक्षणका लागि नमुना संकलन गरिएको छ । भोली सम्म नेताहरुको पनि कोरोना रिर्पाेट आइसक्ने बताइएको छ ।