धार्चुलामा ६ जनामा कोरोना संक्रमण पुष्टि

0
893

दार्चुला, बैशाख ८ गते ।
भारतको धार्चुलामा ६ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

बुधबार पिथौरागढका ३ सय जनाको कोरोना परिक्षण गरिएकोमा धार्चुलामा ६ जना र पिथौरागढ नगरको पियाना वडाका एकै परिवारका सात सहित २० जनामा कोरोना पुष्टी भएको भारतीय पत्रिका दैनिक जागरणले जनाएको छ । धार्चुलामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विहिबार धार्चुला बजार बन्द गरिएको छ । धार्चुला बजार बन्द गरिएपनि नेपाल भारत जोड्ने सीमा पुल खुला नै गरिएको छ । पुल बन्द हुने हल्ला भएपनि दिनभरि पुल खुला रहेको छ ।तोकिएको समय अनुसार पुल खुला रहेको पुलघाट प्रहरी पोष्टका हवल्द्धार हरि प्रसाद पाण्डेले जानकारी दिनुभयो ।