धार्चुलामा रहेका नेपाली स्वदेश ल्याउन काङ्ग्रेसका भातृ संगठनहरुको माग

1270

विरा दत्त भट्ट, दार्चुला ।

नेपाली काङ्ग्रेसका भातृ संगठनहरुले एक महिना देखि धार्चुलामा रहेका नेपालीहरु स्वदेश ल्याउन माग गरेका छन् ।
स्वदेश ल्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुला अगाडि भातृसंगठनहरु नेपाल तरुण दल, नेपाल दलित संघ र नेपाली विद्यार्थी संघ दार्चुलाले संयुक्त रुपमा आधा घण्टा प्लेकार्ड बोकेर शान्तीपुर्ण धर्ना दिएको नेपाल विद्यार्थी संघ दार्चुलाका अध्यक्ष रमेश भट्टले जानकारी दिनुभयो ।
‘धार्चुलामा नेपालीहरु एक महिना क्वारेन्टाइनमा बसिसके, नेपाल आएर पनि बस्न तयार छन्, भैरहवाका नाका बाट ल्याउने, धार्चुलाबाट किन सरकारले नल्याउने ? नेविसं दार्चुलाका अध्यक्ष रमेश भट्टले भन्नुभयो ।
धार्चुला बाट नेपालीहरु स्वदेश ल्याउन दबाब सिर्जना गर्नका लागी तिनवटै भातृ संगठनहरुले जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको अध्यक्ष भट्टले बताउनुभयो ।


८ बुदे ध्यानाकर्षण

नेपाली काङग्रेसका भातृसंगठनहरु नेपाल तरुण दल, नेपाल दलित संघ दार्चुला र नेपाल विद्यार्थी संघ दार्चुलाले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएका छन् ।
कोरोना भाइरसको रोकथामका लागी युद्धस्तरमा काम गर्नुपर्ने समयमा सरकार निरंकुशताको मानसिकताबाट अघि बढिरहेको प्रति आफुहरुको ध्यानाकर्षण भएको ज्ञापन पत्रमा भनिएको छ ।
लकडाउन अवधिमा सिमामा अलपत्र परेका नागरिकहरुलाई स्वदेश ल्याउनु सरकारको दायित्व भएपनि सरकार मौन बसेर सिमामा अलपत्र परेका नागरिकहरुलाई थप मानसिक पिडा दिइरहेको छ, ज्ञापन पत्रमा उल्लेख छ ।
सरकारले तराईका सिमाबाट नेपालीहरुलाई स्वदेश ल्याउने तर पश्चिमी सिमामा अलपत्र परेका नेपालीहरु नल्याउने सरकारको विभेदकारी निर्णय प्रति खेद प्रकट गर्दै विभिन्न ८ बुदामा सरकारको ध्यानाकर्षण गराइएको छ ।
दार्चुलाको सिमा महाकाली पारी अलपत्र परेका नेपाली नागरिकहरुलाई तत्काल स्वदेश ल्याई स्वास्थ्य परिक्षण गराई सम्बन्धीत जिल्लाका स्थानियतहहरुको जिम्मा लगाउनुपर्ने र त्यसका अतिरिक्त जिल्ल बाहिर बाट आउने सम्पुर्ण नागरिकहरुको आरडीटी गराउन पर्याप्त मात्रामा आरडीटी किटहरुको तत्काल ब्यवस्था गर्नुपर्ने, दार्चुला जिल्ला अस्पत्तालमा कोरोना पिसिआर टेस्ट ल्याब स्थापना गर्नुपर्ने, स्थानिय तहले पहिचान गरेको विपन्न परिवारलाई पर्याप्त मात्रामा पुग्नेगरि राहत रकम उपलब्ध गराउनुपर्ने, कोरोना महामारी संग लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानियतहका कर्मचारीहरुका लागी येथेस्ट मात्रामा सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने, जिल्ला बाहिर रहेका विद्यार्थी जो जुन स्थानियतहमा छन् तिनिहरुलाई सम्बन्धित स्थानियतहले तथ्याङ्क संकलन गरि सरकारले खान बस्नको उचित ब्यवस्थापन गर्नुपर्ने वा स्वास्थ्य परिक्षण गरि ब्यवस्थित रुपमा घर फर्काउनुपर्ने र दार्चुलाको हिमाली क्षेत्रमा बसोबास गर्ने ब्यासी शौका समुदायको कुञ्चा सार्न परेको समस्या समाधानका लागी यथासिघ्र कुटनैतिक पहल गरि समस्था समाधान गर्नुपर्ने माग गरेका छन् ।
ज्ञापन पत्रमा नेपाल तरुण दल दार्चुलाका अध्ययक्ष सुरेन्द्र बहादुर बमं, नेपाल दलित संघ दार्चुलाका अध्यक्ष सन्तोष दयाली र नेपाल विद्यार्थी संघ दार्चुलाका अध्यक्ष रमेश भट्टले हस्ताक्षर गरेका छन् ।

ज्ञापन पत्र हेर्नुहोस ।

तपाईको प्रतिक्रिया दिनुहोस् !