धार्चुलामा फरक/फरक दुर्घटनामा २ जनाको मृत्यु

0
1028

कालापानी न्युज, दार्चुला ।

भारतको सिमावर्ती क्षेत्र धारचुलामा दुई फरक–फरक दुर्घटनामा २ जनाको ज्यान गएको छ ।
शुक्रबार घटनामा एक महिला र एक युवकको मृत्यु भएको छ भने ५ जना घाइते भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
धारचुलाको स्याकुरी–थमुली सडक निर्माण भइरहेका बेला खसेका ढुङ्गाहरु लाग्दा बनमा घास काट्न गएकी ३४ बर्षिय महिला पावर्ती देबीको को घटनास्थलमै ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।
अर्काे घटनामा निगलपानी क्षेत्रमा मोटरसाईकल चट्टानमा ठोक्कीदा दिल बहादुरको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार अबेर बेलुका धार्चुलाबाट खुमतीका लागी दिल बहादुर, महेन्द्र र लक्ष्मण सिह गरि ३ जना गइरहेका बेला दुर्घटनामा परेका थिए । दुर्घटनामा अरु दुई जना गम्भीर घाइते भएका छन् ।
घाइते दुबैजनालाई थप उपचारका लागी पिथौरागढ रेफर गरिएको छ ।