धार्चुलामा पहिरोमा पुरिदा एक जनाको मृत्यु

0
1126

दार्चुला, भाद्र ११ गते ।
विगत केहि दिनदेखि लगातार भइरहेको बर्षादले विपद्का घटनाहरु निम्त्याइरहेको छ । भारतको धार्चुला बजार क्षेत्रमा पहिरोमा पुरिदा शुक्रबार एक जनाको मृत्यु भएको छ ।

धार्चुला बजारको माथिल्लो क्षेत्र ऐलाधारमा भिरबाट खसिरहेको पहिरो पन्छ्याउने क्रममा जेसिवि चालक नविन सिहको घटनास्थलमै पुरिएर मृत्यु भएको धार्चुला प्रशासन स्रोतले जनाएको छ । भारतीय सीमा संगठनका कर्मचारी रहेका नविन सिह आज विहान धार्चुला बजारको माथिल्लो बजार क्षेत्रमा पहिरो खसेपछि पहिरो पन्छ्याउन जेसिबि लगेर गएका थिए तर पहिरो पन्छ्याउने क्रममा विहान ११ बजेतिर माथिबाट पहिरो खस्दा घटनास्थलमै पुरिएर मृत्यु भएको छ । भारतीय सीमा सडक संगठनमा जेसिबि कर्मचारीका रुपमा रहेका मृतकको घर धार्चुला तहशिलको खुमती गाउँ भएको खुलेको छ । घटनाको जानकारी पाउनेवित्तिकै कोतवाली धार्चुलाबाट इन्सपेक्टर विक्रम राठोरको टोली घटना स्थलमा खटिएको थियो । पहिरोमा पुरिएका मृतकको शब दिउसो १ बजे निकालिएको छ । धार्चुलाको माथिल्लो बजारमा भिरबाट खसिरहेको पहिरोले चार भन्दा बढी घरहरुमा समेत क्षती गरेको छ । मल्ला बजारका स्थानिय नारायण लाल बर्माको घरमा गएराती हिलो सहित पहिरो खसेको थियो । पहिरोले घर पुरिएका स्थानियहरुका लागि जेआईसी स्कुलमा बसोबासको ब्यवस्थापन गरिएको बताइएको छ ।