धार्चुलामा कोरोना संक्रमण बृद्धि भइरहेका बेला नेपाल–भारत जोड्ने पुल खोलियो

0
960

दार्चुला, साउन १९ गते ।
भारतको धार्चुलामा कोरोना संक्रमण बृद्धी भइरहेका बेला दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने झोलुङ्गे पुल खोलिएको छ ।
सिमित ब्यक्तिहरुको आवतजावतका लागि पुल खोलिएको भएपनि झोलुङ्गे पुलमा सामान ल्याउनेहरुको समेत भिडभाड लागेको थियो ।
भारतको डिडीहाँट स्थित माइती घरमा एक नेपालीको निधन भएकाले दाहासंस्कार गर्न जाने मृतकका आफन्तका लागि पुल खोल्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको धार्चुलाका उपजिल्ला अधिकारी अनिल कुमार शुक्लालाई आइतबार पत्राचार गरेका थिए ।
दुहूँ गाउँपालिका वडा नम्बर ४ निबासी परमानन्द भट्टको भारतस्थित माइती घरमै निधन भएकाले मृतकका दाजुले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निवेदन दिएका थिए । पुल खुल्ने थाहा पाएपछि भारत र नेपालको सीमामा भीडभाड बढेको थियो । पुलबाट २० जना भारत गएको र  ३२ जना नेपाल आएको प्रहरीले जनाएको छ ।
सिमित ब्यक्तिहरुको लागि खोलीएको पुलमा वारी–पारी जानेहरुको भिड लागेको थियो । प्रहरी र प्रशासनले पनि सिमित ब्यक्तिहरुको लागि खोलिएको पुलमा भिडभाड हुने गरि भइरहेको आवतजावतलाई नियन्त्रण गर्न नसक्दा कोरोनाको जोखीम बढेको छ । शनिबार पिथौरागढ जिल्लाभरी कोरनो संक्रमण पुष्टि भएको सबैजना एसएसबी जवानहरु मात्रै थिए भने शुक्रबार २८ जनामा संक्रमण देखिएकोमा २१ जना एसएसबी जवानहरु रहेका थिए ।
सिमित ब्यक्तिहरुको लागि खोलिएको पुलमा किन भिडभाड बढ्यो भनि प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेललाई सोध्दा, भिडभाड किन बढ्यो भन्ने विषयमा आफु जानकार नरहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको प्रशासनका लागि लेखेको पत्र हेर्नुहोस ।