धार्चुलाको महाकाली नदी किनारमा तटबन्ध निर्माण गरिने

1019
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

दार्चुला, असोज ३ गते ।
भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिबेन्द सिह रावले धार्चुलाको महाकाली नदी किनारमा तटबन्ध निर्माण गर्ने उद्धघोष गरेका छन् ।
पिथौरागढ जिल्लाको दुई दिवसिय भ्रमणमा शुक्रबार पुगेका मुख्यमन्त्री रावतले बंगापानी क्षेत्रका पहिरो पिडीतहरुको अनुगमनमा क्रममा धार्चुलाको महाकाली नदी किनारमा तटबन्ध निर्माण गर्नुका साथै तटबन्धमाथि सडक निर्माण गर्ने बताएका छन् । तटबन्ध निर्माणका लागि २ करोड पचास लाख भारतीय रुपैयाँ विनियोजन गर्ने मुख्म मन्त्री रावले उद्धघोष गरेका छन् ।
सञ्चार क्षेत्रबाट बञ्चीत रहेको ब्यास, दरमा र चौदास क्षेत्रमा ५ वटा मोवाइल टावर स्थापनाका लागि जोभी कम्पनीलाई राज्य सरकारले ४० लाख भारु थप बजेट दिने मुख्य मन्त्री रावतले सम्बोधनका क्रममा जानकारी गराएका छन् । साथै हाल उक्त क्षेत्रहरुमा सञ्चारका लागि ३ सय सेटेलाइट फोनहरु वितरण गरिएको उहाँको भनाई छ ।
साथै धार्चुला मिनिस्टेडियमको पर्खाल निर्माण, मुख्यमन्त्री सडक योजनाका लागि २८ करोड भारु रुपैयाँको सडक निर्माण गरिने, ब्यास क्षेत्रको नपल्च्यु र रङकाङ सम्म सडक निर्माण र सामुदायिक मञ्चको निर्माण तथा तावाघाट–लिपुलेक सडक अन्र्तगतको नेपाली अतिक्रमित गाउँ गुञ्जीमा बस स्टेशन निर्माण, नाभीमा मन्दीर निर्माण र दांतु–गो मोटर मार्ग, तिदाङ–सीपु सम्म मोटर बाटो निर्माण गर्ने आदी मुख्यमन्त्री रावतले घोषणा गरेका छन् ।

बाढी पिडितहरुलाई स्थानान्तरण

मुख्य मन्त्री त्रिबेन्द सिह रावतले बंगापानीका बाढी पिडितहरु संग भेटघाट गर्दै बाढी पिडितहरुलाई पुनःस्थापना गरिने आश्वासन दिएका छन् ।
पिथौरागढका जिल्ला अधिकारीले बाढी पिडितहरुको तथ्याङ्क संकलन गरेर दिएपछि बाढी पिडितहरुले पुर्नबास सुविधा पाउने उहाँको भनाई छ ।
बाढी पिडितहरुलाई मुख्यमन्त्री स्वरोजगार अभियानमा समेत जोडिने मन्त्री रावतले बताएका छन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस् !