धार्चुलाको क्वारेन्टाइनमा राखिएका एक नेपालीले स्वदेश आउन महाकालीमा हाम फाले

0
1151

विरा दत्त भट्ट, दार्चुला ।

एक महिना देखि भारतको धार्चुला क्वारेन्टाइनमा राखिएका एक नेपालीले बुधबार २ बजे तिर महाकाली नदीमा हाम फालेका छन् ।
लकडाउनले नेपाल भारत जोड्ने पुल बन्द भएपछि महाकाली नदी तर्न हाम फाल्नेमा मालिकार्जुन गाउँपालिका वडा नं ८ का हरिलाल धामीका छोरा ३८ बर्षिय गोपाल धामी रहेका छन् ।
नदीमा पौडिन नआएपछि डुबेका धामीलाई भारतका स्थानियहरु र भारतीय प्रहरीले महाकाली नदी बाट उद्धार गरि राहत शिविरमै लगेको भारतीय प्रहरीले जनाएको छ ।
नेपाल आउनका लागी महाकालीमा पौडिन लागेको अवस्थामा भारतीय प्रहरीले फिर्ता लगि मिनि स्टेडियम धार्चुलामा रहेको क्वारेन्टाइनमा राखेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
भारतीय स्रोतका अनुसार महाकाली नदीमा हाम फालेर नेपाल आउन खोज्ने धामी मानसिक समस्या बाट पिडीत रहेको बताइएको छ । नेपाल आउन धामीले दुम्पानी क्षेत्रमा महाकाली नदीमा हाम फालेका थिए ।