धार्चुलाका एसडिएम शुक्लाको दाबीः कालापानी क्षेत्रमा नेपाली नागरिकहरुको आवत–जावत बारे कुनै पत्र लेखेको छैन

0
1035

दार्चुला, साउन १६ गते ।
भारतको धार्चुलाका एसडिएम अनिल कुमार शुक्लाले कालापानी लगायतका क्षेत्रमा नेपाली नागरिकहरुको अबैध रुपमा आवत जावत रोक्न नेपाली पक्षलाई कुनै पत्राचार नगरेको दाबी गरेका छन् ।
शुक्लाले नेपाली मिडियाहरुमा आएको जस्तो आफुले नेपाली पक्षलाई कुनै पत्राचार नगरेको प्रतिक्रिया दिएको भारतीय अंग्रेजी संसकरणको साप्ताहिक पत्रिका द वीक ले पिटिआईलाई उल्लेखगर्दै समाचार लेखेको छ ।
धार्चुलाका एसडिएम अनिल कुमार शुक्लाले कालापानी, लिम्पीयाधुरा, लिपुलेक र गुञ्जी क्षेत्र भारतको भएकाले नेपाली नागरिकहरु अबैध रुपमा प्रबेश गर्न खोजीरहेको खबर आएकोले नेपाली प्रशासनलाई त्यस बारे तत्काल जानकारी दिन १४ जुलाईमा अर्थात असार ३० गते पत्राचार गरेका थिए ।
तर शुक्लाले पिटिआई संग प्रतिक्रिया दिदै त्यो पत्र नक्कली भएको भनेर दाबी गरेका छन् ।
‘एसडिएम शुक्लाले मैले नेपाली प्रशासनलाई त्यस्तो पत्र लेखेको छैन, त्यस्ता सबै समाचार झुटा छन्, त्यस्ता कुराहरुमा हामीसंग समय छैन शुक्लाले भनेका छन् । ’
प्राकृतीक विपदहरुले नागरिकहरुको ज्यान लिइरहेको अवस्थामा हामी प्राकृतीक विपदहरु संग जुझ्नमा ब्यस्त छौ शुक्लाले पिटिआई संग भनेका छन् ।
पिथौरागढ जिल्ला अधिकारी विजयकुमार जोगदण्डेले त्यस्तो पत्रको बारेमा आफु जानकार नभएको बताएका छन् ।
दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरले धार्चुला तहशिलबाट मेलमा पत्र प्राप्त भएको बताएका छन् ।
‘पत्र आएकै हो, हामीले जवाफ पनि पठाइसकेका छौ साहयक प्रमुख जिल्ला अधिकारी कुवरले भन्नुभयो ।’


यो पनि पढ्नुहोसः भारतीय प्रशासनलाई झण्डै दुई हप्ता पछि जवाफ : कालापानीमा नेपालीहरुको आवत जावतमा बाधाहुनु हुदैन