धारचुला नगरपालिका अध्यक्षमा विजेपिकाे जित, वार्डमा भने निर्दलिय विजयी

0
2520

दार्चुला, मंसिर ४ गते ।
अाइतवार सम्पन्न धारचुला नगरपालिका निर्वाचनमा भारतिय जनता पार्टी (विजेपि) का उम्मेद्वार राजेश्वरी देवी अध्यक्षमा निर्वाचित भएका छन् । मंगलवार भएको मतगणनामा प्रतिस्पर्धि काग्रेस उम्मेदवार लक्ष्मी गुंज्यालभन्दा ३ सय ३ मत वढी ल्याई राजेश्वरी देवी निर्वाचित भएका हुन् ।
विजेपि उम्मेदवारले १ हजार ४३ मत ल्याएका छन् भने काग्रेस उम्मेदवारले ७ सय ४० मत प्राप्त गरेका छन् । नगरपालिका अध्यक्ष पदका दुई स्वतन्त्र उम्मेदवारमध्ये मंजुलादेवीले १ सय ५१ मत र गीता गर्ब्यालले ८७ मत पाएका छन् ।
धारचुला नगरपालिकाका ७ वार्डमध्ये ६ वार्डमा निर्दलिय उम्मेदवार विजयी भएका छन् । वार्ड नम्बर ४ मा मात्रै विजेपिका प्रेमा गर्ब्यालले चुनाव जितेका छन् । वार्ड नम्बर ६ मा निर्दलिय उम्मेदवार लिला कुवर निर्विरोध निर्वाचित भएका थिए ।
मंगलवार घाेषणा गरिएको निर्वाचन परिणामअनुसार वार्ड १ मा जानकी देवी, वार्ड २ मा मनिष गर्ब्याल, वार्ड ३ मा वेला शर्मा, वार्ड ५ मा प्रेमावती र वार्ड ७ मा बिरेन्द्र सिंह निर्वाचित भएका छन् ।