धारचुलामा अलपत्र २ सय भन्दा बढी नेपालीको उद्धारः धारचुलामा आउने क्रम जारी

0
1139

विरा दत्त भट्ट, दार्चुला

तिन दिन देखि धारचुलामा अलपत्र परेका २ सय भन्दा बढि नेपालीको उद्धार गरिएको छ । भारतका विभिन्न क्षेत्रमा रोजगारी गर्दै आइरहेका २ सय १४ जना नेपाली नागरिकहरुलाई शुक्रबार साझ ७ बजेतिर उद्धार गरिएको हो ।
दार्चुलाका १ सय २९ र बैतडी, बझाङ, बाजुरा,कैलाली र जाजरकोटका ८५ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । उद्धार गरिएका सबैको सम्बन्धित स्थानिय तहको जिम्मा लगाएको र महाकाली नगरपालिकाका नागरिकहरुलाई महेन्द्र नमुना माविको क्वारेन्टाइमा राखीएको महाकाली नगरपालिकाका प्रबत्ता पुस्कर राज जोशीले जानकारी दिनुभयो । उद्धार गरिएका सबै नेपालीहरुको विवरण राखीएको र स्वास्थ्य चेकजाच गरिएको उहाँले बताउनुभयो । जिल्ला बाहिरका नेपालीहरुका लागी महाकाली नगरपालिकाले बसको ब्यवस्थापन गरेको प्रबत्ता जोशीले बताए ।
शुक्रबार दिउसो सम्म १ सय २९ को संख्यामा रहेका नेपालीहरु बेलुका सम्म २ सय १४ जना पुगेका थिए । नेपाल र भारत दुबै क्षेत्रमा लकडाउन गरिएपछि अन्र्तराष्ट्रिय सिमा नाकाहरु बन्द गरिएपछि भारतका विभिन्न क्षेत्रमा रोजगारी गरिरहेका नेपालीहरु धारचुलामा आउने क्रम जारी रहेको छ ।

शनिवार भारत तर्फको महाकाली नदी किनारमा देखिएका नेपालीहरु फाटोः मिन बहादुर धामी


भारतमा सबै कामहरु बन्द भएपछि ठेकेदारहरुले घर पठाउने गरेको उनिहरुले बताएका छन् ।
शुक्रबार २ सय १४ जनाको उद्धार गरिएकोमा शनिवार विहान धारचुला पट्टीको महाकाली दी किनारमा १३ जना नेपालीहरु देखिएका छन् ।

शुक्रबार उद्धार गरीएपछि पनि शनिबार १३ जना नेपाली धारचुलाको महाकाली नदी किनारमा देखिएका छन् । फोटोः मिनबहादुर धामी

यसरी पारीपट्टी नेपाली आइरहनुले भारतीय क्षेत्रमा ठुलो संख्यामा अझै नेपालीहरु अलपत्र परेको अनुमान गर्न सकिने मिडिया विकास समाज नेपालका अध्यक्ष पदम सिह बडालको भनाई छ ।