धारचुलामा अलपत्र नेपालीहरुको उद्धारका लागि उच्च स्तरीय छलफल सुरु

1545

पदम बडाल, चैत्र १६ दार्चुला

भारतको धारचुलामा अलपत्र परेका ३ सय भन्दा बढि नेपालिहरुलाई उद्धार गर्न उच्च स्तरीय छलफल सुरु भएको छ । दिनदिनै भारतीय क्षेत्र नेपालिहरु आउन थालेपछी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहित गृहमन्त्रालयका सचिवहरुसित छलफल भैरहेको प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाले जानकारी दिनु भएको छ ।

खलंगा भएर उनिहरुको उद्धार गर्नु पर्ने भएकाले महाकाली नगरपालिका र जिल्ला समन्वय समितिका प्रमुखसित पनि छलफल भैरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभएको छ ।
भारतको डिडिहाट, दर र सोबलाबाट आएका ३ सय १३ जना नेपाल भारत जोड्ने पुल बन्द हुदा अलपत्र परेका हुन् । भारतमा मजदुरी गर्न गएका तिनिहरुलाई भारतीय पक्षले आफ्नो देश जान भनेपछी उनिहरु पुल क्षेत्रमा हिजोदेखी जम्मा भएका हुन् । पुल क्षेत्रमा सबैभन्दा बढी बैतडिको पुर्चौडीका स्थानीय छन् ।

धारचुलामा पुलखुल्ने पर्खाइमा दार्चुलाको शिल्यशिखर नगरपालिकाका ११,अपीहिमाल गाउँपालिकाका ४ र मार्मा गाउँपालिकाका ३८ जना छन् । साथै बैतडीको पुरचौडीका १ सय ६४ जना र डिलाशैनिका ६२ बझाङको बुङलका ३० जना र जाजरकोटका ३ जना पनि रहेका छन् ।

यसअघि यो क्षेत्रबाट ७८ जना एक दिन र २ सय १५ जनालाई अर्को दिन उद्धार गरि सम्बन्धित स्थानीय सरकारको जिम्मा लगाइएको थियो । भारततर्फ नागरिकलाई अलपत्र पर्न नदिने बताउदै प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्ना परिस्थिती जटिल भएकाले बिलम्ब भएको बताउछन् ।
“स्थानीय सरकार र सम्बन्धित जिल्लाले आफ्ना नागरिकलाई क्वारेन्टाइनमा राख्ने ब्यबस्था गरे लगत्तै उनिहरुलाई उद्धार गरिने उनी बताउछन् । क्वारेन्टाइनको ब्यवस्थापनका लागि कुरा भैरहेको छ, ब्यवस्था हुने बितिक्कै नेपालिहरुलाई नेपाल ल्याइने छ” सांसद ठगुन्नाले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस् !