धामी समाजद्धारा भक्तजनहरुलाई निःशुल्क फलफुल वितरण

0
677

उद्धव सिंह धामी
दार्चुला, मंसिर १३ गते ।
धामी समाज नेपाल दार्चुलाका पदाधिकारीहरुले शैल्य मालिकार्जुन शिखरधाम जात्राको अवसरमा भक्तजनहरूलाई निशुल्क फलफुल वितरण गरेको छ । प्रत्येक बर्ष कार्तिक शुक्ल त्रयोदशीको दिन हुने शिखर धाम पुजन जात्राको लागि निराहार वर्त बसेर आउने श्रद्धालु भक्तजनहरूलाई धामी समाज नेपाल दार्चुला शाखाका पदाधिकारीहरुले स्याउ र सुन्तला वितरण गरिएको हो । धामी समाजका सदस्य दिवान सिंह धामीका अनुसार गतवर्ष पनि शिखरधाम पुजन जात्राको अवसरमा फलफुल वितरण गरेको र यो वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् । कोरोना भाईरसका कारणले आफ्ना गतिविधिहरुलाई निरन्तरता नपाएको र अब छिट्टै नयाँ कार्ययोजना सहित सामाजिक कार्यहरुलाई अगाडि बढाउने उनको भनाई छ । उक्त समाजले यो भन्दा पहिले पनि काठमाडौंको टुडिखेलमा गौरा पर्बमा निशुल्क पानी वितरण, असहायहरूको उपचारको लागि आर्थिक सहयोग ब्लडको प्रबन्ध गर्ने जस्ता बिभिन्न सामाजिक कार्यहरु गरिसकेको छ । श्रद्धालु भक्तजनहरु कात्र्तिक त्रयोदशीका दिन शिखर पूजन जात्रामा सहभागि हुने गरेका छन् भने उनीहरु शिखरबाट फर्किए पछि मालिकार्जुन मन्दिरको जात्रामा भोली पल्ट जात्रा लाग्ने गरेको छ । शैल्यशिखर पुजन जात्रा वर्षमा दुई पटक लाग्ने गरेको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशी तिथिका दिन र कात्र्तिक शुक्ल त्रयोदशीका दिन शैल्यशिखर मालिकार्जुनमा पुजन जात्रा लाग्ने गरेको छ ।