धनगढीमा बृहत् गायत्री महायज्ञ सुरु, विश्वभरबाट दुई सयभन्दा बढी हवनकर्ता सहभागी

301

दार्चुला,असोज १० गते ।
स्वःकल्याण र समाजको कल्याण सहित समुन्नति तथा सुसङ्गतिका लागि धनगढीमा बृहत् गायत्री महायज्ञ सुरु भएको छ। ऋषि केशपीठ धर्म संरक्षण संवर्धन समितिको आयोजनामा धनगढी उपमहानगरपालिका–७, पटेलामा शारदीय नवरात्रिका अवसरमा आज सोमबार देखि गायत्री महायज्ञ सुरु भएको आयोजकले जनाएको छ । महायज्ञमा ऋषिकेशपीठका श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्दगिरीको उपस्थिति रहेको छ । अहिलेसम्म नेपाल र भारतमा समेत गायत्री महायज्ञ हुन सकेको थिएन् नेपालमा गर्न सफल भयौ स्वामी कुन्थुश्वरानन्द गिरीले भने, ‘यस्तो किसिमको महायज्ञको आयोजना आफैँमा ठूलो सौभाग्य हो । पटेलाको धार्मिक वनमा नौ दिनसम्म सञ्चालन हुने महायज्ञमा एक सय आठ हवनकुण्डमा एकसाथ एक सय हवनकर्ताले अटुट यज्ञ गर्ने छन्। स्वामी कुन्थुश्वरानन्दका अनुसार महायज्ञमा विश्वभरिका हवनकर्ता धर्मावलम्बी सहभागी भएका छन् । महायज्ञमा एक सय १५ वैदिक ब्राह्मणले सघाउने छन् भने वैदिक ब्राह्मण भारतको ऋषिकेश र हरिद्धारबाट आएका छन् । सङ्कल्पकर्ताको सङख्या पनि करिब एक सयभन्दा बढी रहेको बताइएको छ । पटेला गुरु गोरखनाथको तपस्यास्थल रहेको महायज्ञ आयोजक समिति अध्यक्ष पुष्करनाथ ओझाले बताउनु भयो । यो स्थान चैतन्य मानिन्छ । त्यसैले प्रमुख पक्ष भनेको उत्तम समय र पवित्र स्थानको हो । नवरात्रि सबैभन्दा पवित्र समय मानिन्छ ।’ घटस्थापनाका दिन कलशयात्राबाट सुरु हुने गायत्री महायज्ञ ११ गतेदेखि महाष्टमीसम्म दिनहुँ यज्ञवेदी पूजन, उप्रान्त हवन र आरती हुने छ । त्यस्तै महानवमीका दिन हवन, उत्तराङ्ग हवन, पूर्णाहुती र आरती हुने छ । महायज्ञ आयोजनामा डेढ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । स्वामी कुन्थुश्वरानन्दगिरीका अनुसार महायज्ञमा ६० हजार किलो समिधा, दुई हजार पाँच सय किलो चरु र दुई सय ५० किलो घिउ प्रयोग हुने छ । महायज्ञमा सहभागी हुने हवनकर्ता र सङ्कल्पकर्ता प्रत्येकले ३५ हजार रुपैयाँ स्वयम् खर्च गर्ने नियम बनाइएको छ । आयोजक समिति अध्यक्ष ओझाले भने, ‘यस्तो महायज्ञ आयोजना गर्नु निकै कठिन मानिन्छ । यो दृढ र पवित्र सङ्कल्पबाट मात्रै सफल हुने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !