दोक्लाम विवादपछि पहिलो पटक चीनिया रक्षामन्त्री भारतमा

2385

दार्चुला, भदौ ९ गते ।
दोक्लाम विवादपछि पहिलो पटक चीन र भारतबीच रक्षामन्त्रीस्तरमा विहिवार उच्चस्तरीय बैठक बसेको छ । भारतीय रक्षा मन्त्री निर्मला सीतारमण र चीनका रक्षा मन्त्री वी फेङ्गहे बीच दिल्लीमा भएको बैठकले रक्षा सहयोग बढाउने विषयमा सहमति गरेको छ ।
दुई देशबीचको सैन्य सम्बन्धलाई घनिष्ठ बनाउन पनि दुबै रक्षामन्त्री सहमत भएका छन् । बैठकमा सीमा सुरक्षाबारे गम्भीर छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको भ्रमणमा रहेको चीनिया रक्षामन्त्रीले भारतीय रक्षामन्त्रीसंग छुट्टै भेटवार्ता पनि गरेका छन् ।
भारत सरकारले चीनिया रक्षामन्त्रीलाई सैनिक सलामीसहित सम्मान गरेको छ । सन् २०१७ जुलाइमा दुइ देशको सेनाबीच दोक्लाम विवाद चुलिएको थियो । करिब अढाई महिनासम्मको सैनिक युद्धको अवस्था सिर्जना भएको थियो । दोक्लाम विवादपछि भारतको भ्रमण गर्ने चीनिया रक्षामन्त्री पहिलो उच्चस्तरका नेता हुन् ।
भारत र चीनबीच साढे ३ हजार किलोमिटर लामो सीमाक्षेत्र छ । योमध्ये धेरै क्षेत्रमा सीमा विवाद रहेको छ । दुई देशबीचका आपसी विवादका वावजुद रक्षा सहयोग र सैन्य सम्बन्ध सुधार गर्नेबारे दुई देशका रक्षामन्त्रीले सहमति जनाएका छन् ।
चीनिया रक्षामन्त्री वी फेङ्गहेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि भेटवार्ता गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !