दुहु पहिरो अपडेटः पहिरोमा पुरिएका जोशी दम्पतीको शब फेला

771

दार्चुला, साउन १३ गते ।
दुहु गाउँपालिकाको वडा नं ३ सल्लीमा पहिरोमा पुरीएर बेपत्ता भएका जोशी दम्पतीको शब फेला परेको छ ।
प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली सहित स्थानिय र जनप्रतिनिधीहरुको टोलीले मंगलबार बिहानैबाट
पुरिएको घरको उत्खन्न गरेका थिए ।
पहिरोमा पुरिएका ५० बर्षिय राम दत्त जोशी र उहाँकी श्रीमती ४५ बर्षिय इन्द्रा जोशीको शब निकालेर पोष्ट मार्टमको लागि जिल्ला अस्पत्ताल ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाज जोशीले जानकारी दिनुभयो । घटना भएको जानकारी पाउनासाथ व्रह्मदेब प्रहरी चौकीबाट प्रहरी टोली पुगेको थियो । त्यसैगरि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरक्षक भास्कर चन्दको नेतृत्वमा प्रहरी टोली गएको थियो भने सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि घटना स्थल गएको थियो ।
पहिरोमा पुरिएर घर पुर्ण रुपमा नष्ट भएको र १ भैसि र २ बाख्रा पनि मरेको अवस्थामा भेटिएका छन् ।
दार्चुला तिंकर सडकबाट आएको पानीले माथिबाट पहिरो खस्दा घटना भएको दुहु गाउँपालिका उपाध्यक्ष इश्वरी जोशीले जानकारी दिनुभएको छ । मंगलबार बिहान ४ बजेतिर घरमा पहिरो खसेको थियो । जोशी दम्पतीका छोरा सुनिल जोशी भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !