दुहुँका बाढी पहिरो पिडितहरुका लागि जापानमा रहेका नेपाली सहयोग संकलन गर्दै

0
555

दार्चुला, भाद्र ३० गते ।
दार्चुलाको दुहुँ गाउँपालिकामा आएको बाढी पहिरोका कारण समस्यामा परेका पिडितहरुका लागि जापानमा रहेका नेपालीहरुले आर्थिक सहयोग संकलन गरिरहेका छन् ।

बाढी पिडितहरुका लागि जापानमा रहेको सुदुरपश्चिम समाज क्षेत्रीय कमिटि क्युसले आर्थिक अभियान संचालन गरेको क्युसका प्रथम उपाध्यक्ष कृष्ण राज भट्टले जानकारी दिनुभयो । बाढी पहिरोबाट पिडितहरुको घाउमा सानै भएपनि मलम लगाउन आर्थिक सहयोग संकलन गरिरहेको दार्चुलाको ब्यास गाउँपालिका सुन्सेरा घर भई जापानमा बस्दै आइरहेका क्युसका प्रथम उपाध्यक्ष भट्टले बताउनुभयो । पिडितहरुका लागि जापानमा रहेका नेपालीले सुदुरपश्चिम समाज क्षेत्रीय कमिटिको खाता नम्बर १७४१०८८२२६०९१ मा आर्थिक सहयोग गर्नहुन आग्रह गरिएको छ । सहयोग संकलन भएपछि पिडितहरुलाई हस्थान्तरण गरिने समाजका प्रथम उपाध्यक्ष भट्टको भनाई छ ।