दुई बर्ष देखी फरार प्रतिवादी पक्राउ, कारागार चलान

0
848

दार्चुला, भाद्र १८ गते । चोरी मुद्दामा दुई बर्ष देखि फरार रहेका दुई जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरि जिल्ला अदालत दार्चुलामा बुझाएको छ । ब्यास गाउँपालिका वडा नं ४ का बर्ष ३७ का विस्ने भनिने विष्णु दत्त भट्ट र २७ बर्षका कम्मान सिह विष्टलाई प्रहरीले बुधबार सुन्सेराबाट पक्राउ गरि जिल्ला सदरमुकाम खलंगा ल्याएको थियो । खलंगा ल्याएका दुबै जनालाई जिल्ला अदालत दार्चुलामा बुझाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
अदालतले चोरी मुद्दामा दुबै जनालाई १ महिना १५ दिन कैद र ४२ हजार २ सय ११ रुपैयाँ ८० पैसा जरिवानाको फैसला गरेको जिल्ला अदालत दार्चुलाका डिट्ठा रुद प्रसाद बोगटीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीका अनुसार विस्ने भनिने विष्णु दत्त भट्ट चोरीको समयमा भारतमा रहेको भन्ने बुझिएपनि मुद्दा चलिरहेका बेला अदालतमा उपस्थित नभएका कारण कैद भएको हो । अदालतमा बुझाइएका दुबै जनालाई अदालतले कारागार चलान गरेको उहाँले बताउनु भयो ।