दुई जना प्रहरी सहित सात जनामा कोरोना पुष्टि

0
861

दार्चुला, मंसिर १९ गते ।
शुक्रबार दार्चुलामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत दुई जना प्रहरी तथा अपिहिमाल गाउँपालिकामा निर्माणधीन रहेको मकरीगाड जलविद्युत आयोजनामा कार्यरत पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द कार्कीले जानकारी दिनुभयो । यो संगै दार्चुलामा कुल कोरोना संक्रमितको संख्या ३ सय पुगेको छ भने ३८ जना सक्रिय संक्रमित रहेको उहाँले जानकारी दिनुभयो । मंसिर १४ गते उक्त आयोजनामा कार्यरत दुई जना श्रीलङ्कन नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएपछि हाल अपिहिमाल गाउँपालिकोको वडा नं ५ क्षेत्रमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले निषेधाज्ञा जारी गरेको छ । अपिहिमाल गाउँपालिकामा पहिलोपटक विदेशीहरुमा कोरोना पुष्टि भएपछि संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत आईतबार देखि लागु हुने गरि वडा नं ५ क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।