दुइ स्थानीय तह जोड्ने तीनवटा संयुक्त योजना

2808

दार्चुला, मंसिर १३ गते ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा दुइ स्थानीय तह जोड्ने तीनवटा संयुक्त योजना प्रस्तावित गरिएका छन् । प्रतिनिधिसभा सदस्यद्वय गणेशसिह ठगुन्ना र दिलेन्द्रप्रसाद बडूले सहमति टुंग्याएका संयुक्त योजनामध्ये दुइटा सडक क्षेत्रका र एउटा बाटो निर्माणको छ ।
दत्तु—थाप्ला—भगवती—मालिकार्जुन सडक निर्माणमा विनियोजन गरिएको ५० लाख रुपैयाँमध्ये महाकाली नगरपालिकाको दत्तु—थाप्ला खण्डमा २५ लाख र मालिकार्जुन गाँउपालिकाको मालिकार्जुन—भगवती खण्डमा २५ लाख रुपैयाँ खर्च गरिने भएको छ ।
भर्तोला—उकु—लाली सडक निर्माण सुधारमा विनियोजित ३० लाखमध्ये मालिकार्जुन गाँउपालिकाको क्षेत्रमा २० लाख रुपैयाँ र लेकम गाँउपालिकाको क्षेत्रमा १० लाख बजेट खर्च हुने जिल्ला समन्वय समितिले जनाएको छ ।
श्रीबगर तपोवन मसानघाट जाने बाटो निर्माणमा विनियोजित १५ लाख बजेटमध्ये दुहुँ गाँउपालिकाको वडा नम्बर ३ को क्षेत्रमा १० लाख र महाकाली नगरपालिकाको वडा नम्बर १ को क्षेत्रमा ५ लाख छुट्याइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !