दुँहुमा चट्याङले २५० भेडाबाख्रा मरे

0
732
सांकेतिक तस्वीर

दार्चुला, बैशाख २१ गते ।

दार्चुलाको दुँहु गाउँपालिकामा चट्याङले बाख्रा पालक कृषकहरुको ठूलो क्षति भएको छ । मंगलबार बेलुकी परेको चट्याङले दुँहु गाउँपालिका वडा न ५ को काङर बनक्षेत्रमा चरिचरनका लागि लगिएका भेडाबाख्रा सोतर भएका हुन। दुँहु गाउँपालिकाका स्थानीय जमन सिह कार्की, जमन सिह बडाल, दिपक सिह बडाल र जयलाल बडाल गरि ४ जना स्थानीयका २५० जति भेडाबाख्रा मरेको भेडापालक किसान जमन सिह कार्कीले बताए ।  

भेडा बाख्रा मरेको खबर प्रहरी चौकी ब्रहमदेवमा गरेपछि घटनामा भएको क्षति जाँचबुझ गर्न प्रहरीको टोली आज बिहान १० बजेतिर घटनास्थल तिर गएको छ। चट्याङ परेको वनक्षेत्र दुहु पालिकाको केन्द्र हिकिलाबाट झण्डै ८ किलोमिटरको दुरिमा पर्दछ। चट्याङले एकैपटक यति ठुलो क्षति भएपछि बाख्रापालक किसानहरु चिन्तित बनेका छन। अरु सबै काम थाती राखेर भएको लगानी लगाएर बाख्रापालन गरियो तर आज यति ठुलो क्षति भयो अब के गर्ने , कहाँ जाने , सम्झिँदा पनि मन भक्कानिन्छ अर्का बाख्रापालक किसान  जमन बडालले भने।

घटनाको जानकारी दुँहु गाउँपालिका कृषि शाखालाई गराएको  र क्षतिको अध्ययन गरि बाख्रापालन व्यवसाय सञ्चालन गर्न सो अनुसारको क्षतिपूर्ति सहयोग रकम उपलब्ध गराइदिन अनुरोध गरिएको पीडित किसान कार्कीले बताएका छन्।