दिल्लीबाट आएका ९ जना महाकाली तरेर ब्यास भित्रीए

0
932
ब्यास गाउँपालिकाको वडा नं ५ तिग्रम र भारतीय क्षेत्र ,फोटो :कालापानी न्युज

कालापानी न्युज, दार्चुला । व्यास गाउँपालिकामा भारतबाट ९ जना भित्रीएका छन । व्यास गाउँपालिका वडानम्बर ५ तिग्रम क्षेत्रमा विहिबार महाकाली नदी तरेर ९ जना भित्रीएको इलाका प्रहरी कार्यालय हुतीका प्रहरी निरिक्षक प्रेम खड्काले जानकारी दिनुभयो ।
ब्यास गाउँपालिका ५ का ७ जना, वडानम्बर ६ हुतीका १ जना र बैतडीका १ जना गरि ९ जना तिग्रमबाट तर्दै गरेको अवस्थामा नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विहिबार बिहान करिब ४ बजेतिर महाकाली नदि तर्दै गरेको अवस्थामा उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरक्षक खड्काले जानकारी दिनुभयो ।
महाकाली तरेर नेपाल प्रबेश गरेका उनिहरु दिल्लीबाट जीप बुकिङ गरेर आएको बुझिएको स्थानिय पत्रकार कपिल देब भट्टले जानकारी दिएका छन् ।
९ जनालाई नै ब्यास गाउँपालिकाको वडा नं ५ तिग्रममा रहेको जनज्योती आधारभुत विद्यालय तिग्रममा क्वारेन्टाइनमा राखीएको इलाका प्रहरी चौकी हुतीले जनाएको छ ।
भारतको कोरोना प्रभावित शहर दिल्लीबाट भित्रीएपछि गाउँघरमा त्रास बढेको स्थानियहरुले बताएका छन् ।
भारतको स्वाथ्य र परिवार मन्त्रालयका अनुसार दिल्लीमा ८ हजार ४ सय ७० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।