दार्चुला सदरमुकाम खलंगामा निषेधाज्ञा

0
1498
जिल्ला प्रशासन कार्यालय दार्चुलाः फोटो कालापानी न्युज डटकम

दार्चुला, असोज ३० गते ।

दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले कोरोना संक्रमणको जोखिम समुदायमा फैलिन नदिन महाकाली नगरपालिका वडा नम्बर ४ को सम्पूर्ण क्षेत्र र वडा नम्बर ५ को गल्फै, ऐेरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । महाकाली नगरपालिकाको सिफारिसमा असोज २९ गते विहिवार बेलुकी ८ बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
उक्त क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै अत्यावश्यक सेवा डेरी, तरकारी तथा फलफुल र खाद्य सामाग्री असोज ३० गतेबाट विहान ७ बजेदेखि ९ बजेसम्म मात्र खुल्ला रहने तथा औषधी पसल २४ सैँ घण्टा खुल्ला रहन सक्ने र तोकिएको समय बाहेक अन्य समयमा कुनै पनि किसिमको आवत जावत गर्न नपाउने गरी निशेधाज्ञा जारी गरिएको छ । निशेधाज्ञा अवधिभर अस्पताल, औषधी पसल लगायत अन्य स्वास्थ्य सम्बन्धि निकाय र सुरक्षा निकाय बाहेक अन्य कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु कार्तिक २ गतेदेखि बन्द गर्ने निर्णय गरिएको छ । निशेधाज्ञाको उल्लङ्घन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।