दार्चुला लकडाउन, खाद्य लगायत आवस्यक पसल भने विहान ३ घण्टा खुला गरिने

0
1521

विरा दत्त भट्ट, दार्चुला
दार्चुला जिल्लालाई सोमबार बेलुकी ५ बजेबाट लकडाउन गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी एबं जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष यदुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले सोमबार बेलुकी ५ बजे बाट लागु हुने गरि दार्चुला जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको हो । नोबेल कोरोना भाइरस संक्रमणको जोखीमलाई मध्यनजर गर्दै जिल्ला विपद् ब्यवस्थापन समितिले विभिन्न १५ वटा निर्णयहरु गरेको छ ।
जिल्ला विपद् ब्यवस्थापन समितिले अन्य जिल्लाहरु बाट दार्चुलामा प्रबेश गर्ने मालबाहक गाडी बाहेक अन्य सार्वजनिक निजी सवारी साधन र मोटर साइकलको आवत जावत पुर्ण रुपमा प्रतिबन्ध गर्ने र मालबाहक सवारी साधनका चालक र सहचालकहरुको हेल्थ डेक्सहरुमा अनिवार्य स्वास्थ्य परिक्षण गर्ने निर्णय गरेको छ ।
साथै खाद्यान्न ग्यास पसल, तेल, नुन, फलफुल, दुध डेरी, साग सब्जी पसल विहान ७ बजे देखी विहान १० बजे सम्म मात्र खुला गर्ने र सामग्रीहरु खरिद गर्न जादाँ एक परिवारबाट एक जना भन्दा बढि नजाने र पसलमा ब्यक्तीहरु विच २ मिटर दुरी कायम गर्ने निर्णय गरीएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
साथै ठेलागाडी तथा खुला चौरमा सञ्चालन गरिएका ब्यवसायहरुलाई प्रतिबन्ध लगाएको छ तर पेट्रोल पम्प र औषधी पसल २४ सै घण्टा खुला रहने निर्णय भएको छ ।
अत्यावस्यक काम बाहेक आवत जावत एबं हिडडुल नगर्ने र सबै होटेल रेस्टुरेन्ट बन्द गरिएको छ । लकडाउन गरिएको मौका छोपी कृतीम अभाव गर्ने, कालोबजारी र मिसावट गर्नेलाई प्रचलति कानुन बमोजिम कारवाही गर्ने निर्णय गरिएको छ ।
साथै धार्मीक स्थलहरुमा भिडभाड गर्न नपाइने र बार्षिक श्राद्ध, भोजभतेर, ब्रतबन्ध जस्ता पारिवारीक भेटघाटलाई समेत नगर्न भनिएको छ । प्रत्येक स्थानियतहहरुले आफ्नो क्षेत्रमा प्रबेश गर्ने नाकाहरुमा हेल्प डेक्स राख्ने र बाहिरबाट आउनेहरुको तथ्याङ्क राखिने छ । कोरोना प्रभावित ठाउँबाट आउनेहरुले होम क्वारेन्टाइन मा बस्नुपर्ने बसे नबसेको सम्बन्धीत स्थानियतले वार्ड स्तरीय अनुगन गर्ने छ ।
चैत्रमा मनाउदै आएको चैते भेटौलोमा पनि रोक लगाइएको छ तर दार्चुला जिल्लामा सञ्चालनमा रहेको दादुरा रुवेला खोप अभियान भने यथावत् रहने छ ।
प्रत्येक स्थानियतहहरुले एक–एक वटा विद्यालयहरुलाई क्वारेन्टाइनको ब्यवस्थापन गर्नुपर्ने निर्णय गरीएको छ । दार्चुला जिल्ला सदरमुकाममा महाकाली नगरपालिकाको संयोजकत्वमा महेन्द्र नमुना मावि र दार्चुला बहुमुखी क्याम्पसमा क्वारेन्टाइनको ब्यवस्थापन गरिने भएको छ । आइसोसेलीड कक्ष भने जिल्ला अस्पत्ताल दार्चुला र गोकुलेश्वर अस्पत्तालमा गरिने छ ।
खाद्यान्न, तरकारी, पानी, ग्यास, औषधी जस्ता अत्यावस्यक बाहेकका पसलहरु चैत्र ११ गते बाट अर्काे निर्णय नभएसम्मका लागी बन्द गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन् ।