दार्चुला महोत्सवका लागि मूल समिति गठन

2493

दार्चुला, पुष २४ गते ।
दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा माघ २५ देखि फागुन ५ गतेसम्म सञ्चालन हुने दार्चुला महोत्सवका लागि मूल समिति गठन गरिएको छ । मंगलवार भएको सरोकारवालाहरुको बैठकले १ सय ५ सदस्यीय मूल आयोजक समिति गठन गरेको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो ।
ठगुन्नाको अध्यक्षतामा सरोकारवाला निकाय र पक्षको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख करवीरसिह कार्की, उपप्रमुख कृष्णसिह धामी, प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसहित सरोकारवालाहरुको बैठकमा सहभागिता रहेको थियो ।
बैठकका सहभागीहरुले महोत्सवलाई सफल बनाउन सबै क्षेत्रको सक्रियता हुनुपर्नेमा जोड दिएका छन् । समाज कल्याण समाजका अध्यक्ष रघुवीरसिह ठगुन्ना, नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीलगायतले बैठकमा मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस् !