दार्चुला बहुमुखी क्याम्पसमा रहेको त्रिविविको परीक्षा केन्द्र परिवर्तन

0
1268

दार्चुला, बैशाख २ गते ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो बर्षको परीक्षाका लागि दार्चुला बहुमुखी क्याम्पसमा रहेको परीक्षा केन्द्र परिवर्तन गरेको छ ।

दार्चुला बहुमुखी क्याम्पसमा रहेको परीक्षा केन्द्रलाई त्रिभुवन विश्वविद्यालयले राष्ट्रिय क्याम्पस दत्तुमा परीक्षा केन्द्र तोकेको दार्चुला बहुमुखी क्याम्पस दार्चुलाले जनाएको छ । विगतमा दार्चुला बहुमुखी क्याम्पस र अपी नम्पा क्याम्पस हुतिको परिक्षार्थीहरुका लागि दार्चुला बहुमुखी क्याम्पस परीक्षा केन्द्र रहदै आएको थियो । यस पटक बैशाख ५ गते देखि सुरु हुने स्नातक तह दोस्रो बर्षका परीक्षाहरुका लागि अपीनम्पा बहुमुखी क्याम्पस हुती र दार्चुला बहुमुखी क्याम्पसको परिक्षा केन्द्र महाकाली नगरपालिका वडा नं ९ मा रहेको राष्ट्रिय क्याम्पस दत्तुमा केन्द्र तोकिएको त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कैलालीले एक सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको छ । विगतमा दार्चुला बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस रहेपनि हाल सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको आगिंक क्याम्पसका रुपमा रहेको छ ।

कुन–कुन परीक्षा केन्द्रहरु परिवर्तन भए सूचना हेर्नुहोस