दार्चुला प्रदेश सभा (क ) मा स्वतन्त्र उम्मेदवारी दिने धामी को हुन् ?

0
430

दार्चुला,असोज २३ गते ।
आगामि मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा शंकर सिंह धामीले प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । दलीय राजनीतिभन्दा पनि जनताको हकहित र जनताको आवाजका लागि आफ्नो उम्मेदवारी भएको धामीले प्रतिक्रिया दिएका छन् । प्रदेशसभा १ बाट निर्वाचन लड्ने घोषणा गरेका धामीले आज बिहान साढे ११ बजे उम्मेदवारी दर्ता गरेका हुन् ।
बिहान महाकाली नदीमा स्नान गरी प्रेम सिह धामीको सालिकमा माल्यार्पण गरि उम्मेदवारी दर्ता गरेका हुन्न । पछिल्लो समय आफ्नो व्यवसायसँगै सामाजिक काममा सक्रिय धामी दार्चुलाका पुराना पत्रकारमध्येका एक हुन् । उनले पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा दुई कार्यकाल बिताएका छन् । राजनीति प्रति मानिसहरूको बढ्दो वितृष्णाका कारण पनि स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढेको स्वतन्त्र उम्मेदवारको भनाइबाट प्रस्ट हुन्छ । सुदूरपश्चिम प्रदेश सभा सदस्यमा दार्चुला क बाट चर्चित स्वतन्त्र उम्मेदवार हुन्, शंकर सिंह धामी । पत्रकारको रूपमा चिनिने धामी सामाजिक अभियन्ता समेत हुन् । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पत्रकार शंकर सिंह धामीको जन्म वि सं २०४० जेठ ४ गते मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ को आरुवाटामा भएको थियो । आइए पत्रकारिता, विए एमए समाजशास्त्रमा अध्ययन गरेका धामी वि सं २०६१ सालदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् । नेपाल पत्रकार महासंघ दार्चुला शाखाको संस्थापक समेत रहेका धामी वि सं २०६४ सालमा दार्चुला तयारी शाखाको संयोजक समेत रहेका थिए । विक्रम संवत् २०७० देखि २०७७ सम्म पत्रकार महासंघ दार्चुलाको अध्यक्ष सम्हालेका धामी प्रेस चौतारी नेपाल दार्चुलाको संस्थापक तर हालसम्म चौतारीको कुनै पनि जिम्मेवारीमा बसेका छैनन । राष्ट्रियता र सार्वजनिक सरोकारका मुद्दामा कलम चलाउदै आएको उनले जिल्लामा सामुदायिक रेडियो नयाँ नेपाल एफएम र सामुदायिक रेडियो मालिकार्जुन एफएमको संस्थापकमध्ये एक पात्र हुन् । विसं २०६५ सालमा स्थापित मिडिया विकास समाज नेपालको संस्थापक महासचिव र हाल कार्यकारी निर्देशक छन् । दार्चुलाको पहिलो पत्रिका कालापानी पोष्ट साप्ताहिक र पहिलो दैनिक पत्रिका दार्चुला सन्देशको संस्थापक प्रकाशकका साथै राष्ट्रियता र सार्वजनिक सरोकारका मुद्दामा कलम चलाउदै आइरहेका छन् । डेढ दशकदेखि उपभोक्ता अधिकारको क्षेत्रमा क्रियासिल रहेका उनी पवित्र महाकाली स्वच्छता अभियानको संयोजक समेत रहेका छन् । वि सं २०६३ सालमा स्थापित प्रेम सिंह धामी स्मृति प्रतिष्ठानको संस्थापकमध्ये एक पात्र हुन् । शंकर सिंह धामीकै पहल र सक्रियतामा देशको राष्ट्रिय धाम तथा मालिकार्जुनको पुण्यभूमिमा देशभक्त नेता स्वर्गीय प्रेम सिंह धामीको सालिक स्थापना भएका छन् । उहाँकै सक्रियतामा प्रेम सिंह धामी स्मृति प्रतिष्ठानले यो वर्षको सुरूवातीमा व्यास गाउँपालिका वडा नम्वर १ छाङरूको गागामा देशभक्त नेताहरू प्रेम सिंह धामी, वहादुर सिंह ऐतवाल र गोपाल सिंह बोहराका अर्धकदका सालिक राखिएका छन् । तिनवर्षदेखि आफ्ना दुबै सन्तान छोरा र छोरी खलंगास्थित सरकारी विद्यालय कैलाशपति आधारभूत विद्यालय छाङरूमा पढाउदै आएको उहाँले बताउनु भयो । राजनितिक दलहरुले देश र जनताको लागि केही गर्न नसके पछि स्वतन्त्र उम्मेदवारले काम गर्न सक्छन् भन्ने मान्यता बढ्दै गएकोले पनि आफ्नो जित सुनिश्चत रहेको उहाँ बताएका छन् ।