दार्चुला प्रदेशसभा (क) बाट पत्रकार धामीको स्वतन्त्र उम्मेदवारी

0
505

दार्चुला,असोज २२ गते ।
दार्चुलाको प्रदेश सभा (क) बाट पत्रकार महासंघ दार्चुला शाखाका पुर्व अध्यक्ष शंकर सिंह धामीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिन लागेको उहाँले बताएका छन् । लामो समयदेखि जिल्लामा बसेर पत्रकारीता संगै समाज सेवा गरिरहेका धामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर (क) बाट स्वतन्त्र उम्मेदावारीको घोषणा गरेका हुन् । पत्रकारितामा आवद्ध धामी २०७० सालदेखि २०७७ सालसम्म नेपाल पत्रकार महासंघ दार्चुला जिल्लाको अध्यक्ष समेत रहेका थिए । दुई कार्यकाल अध्यक्ष सम्हालेका धामी दार्चुला जिल्लामा पत्रकारिता क्षेत्रका अग्रज व्यक्तिको रुपमा चिनिनुहुन्छ । पत्रकार धामी पत्रकार महासंघ दार्चुला शाखालाई देशभरीकै उत्कृष्ट शाखाको रुपमा समेत चिनाउन सफल भएका थिए । धामीले जिल्लामा पहिलो पटक मिडिया विकास समाज नेपाल दार्चुला नामक नागरीक संस्था स्थापना गरी जिल्लामा सुशासन संगै संञ्चार क्षेत्रमा एफएम रेडियो स्थापनामा महत्वर्पुण भुमिका खेलका छन । उहाँले जिल्लाबाट दार्चुला सन्देश दैनिक र कालापानी पोष्ट सप्ताहिक पत्रिका समेत संञ्चालनमा ल्याएका छन । पवित्र महाकाली स्वच्छता अभियानका अभियान्ता समेत रहेका धामी लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध हुनुहुन्छ । मालिकार्जुन गाउँपालिका स्थायी घर भएका धामीले २३ गते विहान आफनो उम्मेदवारी दर्ता गर्ने तथा सोमबार महाकाली नदीमा स्नान गरेर राष्ट्रको सातौ धाम मालिकार्जुन मन्दिरमा रुद्धाभेसेक कार्यक्रम रहेको बताएका छन् । त्यहि दिन माटोको टिका लगाइ जनताहरुको आर्शिवाद लिने कार्यक्रम तय भएको छ । दलीय राजनीतिभन्दा पनि जनताको हकहित र जनताको आवाजका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताउनु भयो । स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका धामी स्वर्गिय राष्ट्रवादी नेता प्रेमसिंह धामीका भजिता हुन् ।