दार्चुला तिंकर सडक निर्माण गर्न सेनाको टोली दार्चुलामा

0
978

दार्चुला, साउन २४ गते ।
दार्चुला–तिंकर सडक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाको टोली दार्चुला सदरमुकाम खलंगा आइपुगेको छ
चालु आर्थिक वर्षबाट दार्चुला–तिंकर सडकको ब्याँस गाउँपालिका वडा नम्बर २ घाँटिबगरदेखि तिंकरसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेना सडक निर्माणका लागि आवस्यक निर्माण सामग्री सहीत आइपुगेको हो ।
नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ जना नेपाली सेनाको टोली सडक निर्माणका लागि पुगेको दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति सेनानी बिक्रमदेव थापाले जानकारी दिनुभयो ।
नेपाली सेनाका आठ ओटा गाडीमा निर्माण सामग्री सहित सेनाको टोली सदरमुकाम खलंगा आइपुगेको छ ।
गत बैशाख १४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उक्त सडक निर्माणका जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।
२०६५–६६ बाट निर्माण सुरु भएको दार्चुला–तिंकर सडक निर्माणको कार्य हालसम्म ४० किलोमिटर मात्रै ट्याक खोलिएको छ