दार्चुला–तिंकर सडकको अनुगमनका लागि तीन जना मन्त्री दार्चुला आउँदै

1115
फाइल फोटोः तिंकर गाउँ

दार्चुला, बैशाख ४ गते ।
दार्चुला–तिंकर सडकको अुनगमन निरीक्षणका लागि संघीय सरकारका तीन जना मन्त्री आईतबार दार्चुला आउनुहुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यक्रम अनुसार तीन जना मन्त्रीको टोली दार्चुला–तिंकर सडक योजनाको अनुगमन निरीक्षणका लागि जिल्ला आउन लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नाका स्वकीय सचिव दौलतसिंह ठगुन्नाका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सडकको अनुगमनका लागि दार्चुला आउन लाग्नु भएको छ ।
भौतिक पुर्वाधार मन्त्री नेम्वाङको टोली आईतबार दार्चुला तिंकर सडकको अनुगमनका लागि तिंकर सम्म पुग्ने तथा त्यहाँ बाट फिर्ता भएपछि विहान ११ बजे महाकाली नगरपालिकाको हलमा सरोकारवालाहरु संग अन्र्तक्रिया कार्यक्रम गर्ने कार्यतालिका रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलालले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !