दार्चुला अस्पतालमा अक्सिजन आपुर्तीका लागि जनस्तरबाट सहयोग आउँदैः मलेसियाबाट बडालले गरे सुरुवात

0
872

दार्चुला, जेठ ३ गते ।
जिल्ला अस्पताल दार्चुलामा कोरोना संक्रणका विरामीहरुका लागि अक्सिजनको अभाव हुन थालेपछि आपुर्तीका लागि जनस्तरबाट सहयोग आउन थालेको छ ।

देशका विभिन्न अस्पतालहरुमा अक्सिजनको अभावमा बिरामीहरुले ज्यान गुमाईरहेका खबरहरु आउन थालेपछि विदेशीएका दार्चुलेलिहरुले जिल्ला अस्पतालमा अक्सिजनको आपुर्तिका लागि सहयोग जुटाउन थालेका छन् । यसको सुरुवात महाकाली नगरपालिका वडा नम्बर २ बडालीगाउँ घर भई हाल मलेशियामा रोजगारीको क्रममा रहेका देवसिंह बडालले गरेका छन् । बडालले १० हजार रुपैयाँ अस्पतालाई आर्थिक सहयोग गरेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दल्जीत सिंह धामीले जानकारी दिनुभयो । मलेशियामा रहेका बडालले आफ्नो भाई भवान सिंह बडाल मार्फत् जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्षलाई दश हजार आर्थिक सहयोग प्रदान गरेका हुन् ।
बडाल विगत ४ वर्षदेखि मलेसियाको पेनाङ्गमा काउन्टफ्रेस फाइव इस्ट नामक कम्पनीमा सेकुरेटि गार्डका रुपमा कार्यरत छन् । घरकोको कमजोर आर्थिक अवस्थाका कारण विदेशिनु परेपनि कोभीड सङ्क्रमितहरुले अक्सिजन नपाएर मृत्यु भइरहेको खबर पाएपछि आफूले सक्दो सहयोग गरेको उहाँको भनाई छ ।
व्यक्तिगत रुपमा यसरी सहयोग गर्ने बडाल पहिलो व्यक्ति भएको अस्पताल ब्यवस्थापन समिति अध्यक्ष धामी बताउँछन् । बडालले पहिलो पटक जिल्ला अस्पताललाई नदग सहयोग गरेकाले अन्य व्यक्तिहरुबाट पनि सहयोग जुट्ने अपेक्षा गरिएको छ ।