दार्चुला अदालत १५ दिन तथा मालपोत अनिश्चितकाल सम्म बन्द

793

दार्चुला, असोज ३० गते ।
जिल्ला अदालत दार्चुला बडा दशैको उपलक्ष्यमा असोज १ गते देखि १५ गते सम्म बन्द रहने भएको छ । जिल्ला अदालत दार्चुलाले एक सूचना जारी गर्दै घटस्थापनाका दिन देखि कोजाग्रत पुर्णिमा सम्म अदालन बन्द रहने जानकारी दिएको छ । बन्द अवधिमा सार्वनजिक विदा र शनिबार बाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाई गर्न तथा पक्राउ पुर्जी जारि गर्ने प्रयोजनका लागि विहान ११ बजे देखि अपराहन्न ३बजे सम्म खुला रहने जिल्ला अदालत दार्चुलाले जनाएको छ ।
त्यसैगरि मालपोत कार्यालय दार्चुला भने अनिश्चीत कालका लागि कार्तिक २ गते देखि बन्द रहने भएको छ । दार्चुला सदरमुकाम क्षेत्रका कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेकाले मालपोत कार्यालयबाट प्रवाह हुने सेवाहरु अर्काे सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको मालपोत कार्यालय दार्चुलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !