दार्चुलेली मोडलद्धारा अभिनित गीत बजारमा

0
2628

दार्चुला, जेठ १७ गते ।
दार्चुलेली मोडलद्धारा अभिनित गीत बजारमा आएको छ ।

दार्चुलाको महाकाली नगरपालिका वडानम्बर १ धम्पनेरा घर भएकी पूजा धामीद्धारा अभिनित म्युजिक भिडियो सोमबार सामाजिक सञ्जाल युटुब मार्फत सार्वजनिक गरिएको छ । ‘सोच्दै नसोचेको साथ’ बोलको गीतमा बिजेस पौडेलको आवाज रहेको छ भने सञ्जीत श्रेष्ठको संगित रहेको छ । गीतमा मोडल पुजा धामी र बिजेस पौडेलको अभिनय रहेको छ । सङ्गीत र मोडलिङको क्षेत्रमा पाइला चाल्ने थोरै दार्चुलेली मध्ये धम्पनेराकी पुजा धामीको अभिनयलाई सामाजिक सञ्जालमा रुचाइएको छ ।
दार्चुला घर भएपनि लामो समय देखि काठमाण्डौमा बस्दै आइरहनु भएका धामी आफ्नो रुची पर्यटनको क्षेत्रमा रहेको बताउनुहुन्छ । ‘दार्चुला पर्यटनका हिसाबले पनि महत्पुर्ण जिल्ला छ, आगामी दिनहरुमा दार्चुलाका दृश्यहरु समेटेर एल्बमहरु निकाल्ने सोच छ’ धामीले कालापानी न्युज डटकम संग भन्नुभयो । मोडलिङको क्षेत्रमा यो आफ्नो पहिलो गीत रहेको उहाँको भनाई छ । पहिलो पटकको अभिनयमा परिवारका साथै सिगाें दार्चुलाबासि र सम्पुर्ण दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको बताउनुभयो । आमा अनिता धामी, बुवा डम्बर सिह धामी, हजुरआमा कौसिला धामी तथा फुपु धाना धामीको साथ र समर्थनले यो क्षेत्रमा आफु लाग्न प्रेरित भएको उहाँको भनाई छ । आफुद्धारा अभिनित गीत मन पराएर प्रतिक्रिया दिनुहुने सम्पुर्णमा कलाकार धामीले धन्यबाद ब्यक्त गर्नुभएको छ ।

भिडियो हेर्नुहोस ।