दार्चुलामा स्वास्थ्य कार्यालय प्रमुख भट्टले लगाए पहिलो कोरोना विरुद्धको खोप

904

दार्चुला, माघ १४ गते ।
दार्चुलामा कोरोना विरुद्धको पहिलो खोप स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले लगाउनुभएको छ । बुधवार विहान ११ बजेर ७ मिनेटमा पहिलो खोप स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले लगाएका हुन् । दार्चुला संगै देशैभरि बुधवारबाट कोरोना खोप अभियान सुरु गरिएको छ ।

भारतले अनुदानमा दिएको कोरोना विरुद्धको १० लाख कोभिशिल्ड भ्याक्सीन बुधवारबाट देशैभरका स्वास्थ्यकर्मीहरुलाई लगाउन सुरु गरिएको छ ।दार्चुलामा पहिलो चरणमा माघ १४ गतेबाट १८ गते सम्म कोरोना विरुद्धको खोप अभियानका लागि १ हजार ३ सय ९० डोज खोप दार्चुला ल्याइएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टको भनाई छ । जिल्ला अस्पताल दार्चुलाबाट पहिलो चरणमा दार्चुला भरिका स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कोरोनाबाट मृत्यु भएका ब्यक्तिको शब ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई खोप लगाईदैछ । खोप लगाईसकेपछि आधा घण्टा सम्म आराम गर्नुपर्ने तथा कहि समस्या भएमा स्वास्थ्यकर्मीहरुको टोली समेत तयार अवस्थामा रहेको छ ।

यो पनि पढ्नुहोसः भोलिबाट दार्चुलामा कोरोना खोप लगाईदै

कोरोना विरुद्धको खोप लगाएपछि सुरच्छीत महसुश भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टको प्रतिक्रिया छ । “कोरोनाको खोप लगाउन पाउँदा मलाई कोरोनाले केहि गर्दैन भन्ने आत्मसवश्वास बढेकोछ, म र मेरो परिवार कोरोनाबाट सुरच्छित भएको महशुुस भइरहेको छ ” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !