दार्चुलामा शिक्षक तथा विद्यालय कर्मचारीहरु समेतलाई कोरोना विरुद्धको खोप लगाइने

561

दार्चुला, साउन १६ गते ।
दार्चुलामा साउन १६ गते देखि १८ गते सम्म सञ्चालन हुने कोरोना विरुद्धको खोप अभियानमा शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई समेत कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

मंगलबार बसेको जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र बालविकास केन्द्रका शिक्षक कर्मचारीहरु समेतलाई कोरोना विरुद्धको खोप दिने निर्णय गरेको छ । विद्यालय क्षेत्र भिडभाड हुने क्षेत्र भएकाले शिक्षक, कर्मचारी तथा विद्यार्थीहरु समेतले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै नेपाल शिक्षक महासंघ दार्चुलाले विभिन्न चरणमा आन्दोलनका कार्यक्रमहरु गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको थियो । दार्चुलामा हाल चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको कोरोना विरुद्धको खोप उपलब्ध रहेको छ । जसमध्ये साउन १६ गते देखि १८ गते सम्म भेरेसेल खोल लगाइने छ भने साउन २० गते देखि २२ गते सम्म जोन्सन एण्ड जोन्सन खोप लगाइने छ । भेरेसेल खोपका लागि लक्षित समुह ब्यास गाउँपालिकामा ३५ देखि ३९ बर्ष उमेर समुहका नागरिकहरु तथा अन्य पालिकाहरुमा ५० देखि ५५ बर्ष उमेर समुहका नागरिकहरु रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । भेरेसेल खोप सार्वजनिक यातायातका चालक तथा सह चालक, खोप अनिवार्य गरेका देशहरुमा जाने नागरिकहरु तथा अत्यावस्यक सेवामा संग्लग्न खोप लगाउन बाकि रहेका नागरिकहरुलाई लगाइने छ । त्यसैगरि असार ११ र १२ गते भेरेसेल खोप पहिलो चरणमा लगाएका नागरिकहरु र दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई समेत भेरेसेल खोप लगाइने छ ।

जोन्सन एण्ड जोन्सनको खोप जिल्लाका ४५ बर्ष देखि ४९ बर्ष समुहका नागरिकहरुलाई दिइनेछ । साथै पुर्ण अपाङ्ग र यस अघि खोप लगाउन छुटेकास्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुलाई जोन्सन एण्ड जोन्सनको खोप लगाइने आजको बैठकले निर्णय गरको छ । लक्षित समुहलाई परिचयपत्रको आधारमा मात्रै खोप लगाइने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !