दार्चुलामा लकडाउनमा थप कडाई, आवागमन पुर्ण रुपमा बन्द

0
967

विरा दत्त भट्ट, दार्चुला ।

दार्चुलामा लकडाउन थप कडा गरिने भएको छ । पछिल्लो समय सुदुरपश्चिम प्रदेशमा हुन सक्ने कोरोना संक्रमणको जोखीमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी यद्दुनाथ पौडेलले ४ बुदे आदेश जारी गरेका छन् ।
स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजीम सर्वसाधारणको हितलाई ध्यानमा राखेर बन्दा बन्दीलाई पुर्ण कार्यान्वयन गर्न ४ बुदे आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी यद्दुनाथ पौडेलले जानकारी दिनुभयो ।
दार्चुला जिल्लामा विगतमा विहान ७ बजे देखि १० बजे सम्म ३ घण्टा खाद्यान्न पसलहरु खोल्न प्रशासनले अनुमती दिएको थियो भने अब विहान ७ः३० बजे देखि ९ बजे सम्म मात्रै खाद्यान्न, तरकारी, ग्यास र औषधी पसल खुला राख्न अनुमती दिइएको छ ।
साथै जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने सबै किसिमका पासहरु बन्द गरिएको छ भने अबैध सिमा वारपार लगायतका क्रिडाहरु पुर्ण नियन्त्रण गरिने छ ।
साथै लकडाउन अवधिभर अन्तरपालिका तथा जिल्लामा हुने आवागमनलाई बन्द गरिएको छ ।आदेशको उलङ्घन भएमा प्रचलित कानुन बमोजिम कारेवाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको आदेश हेर्नुहोस