दार्चुलामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन सम्बन्धी अन्तरक्रिया

302

दार्चुला,पुष १६ गते ।
दार्चुलाको खलगामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको आयोजनमा शनिबार सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवालको उपस्थितिमा अख्तियार दुरुपयोग आयोगको काम, कर्तव्य र अधिकारसँगै जिल्लाबाट अख्तियारमा परेका उजुरी लगायतका बारेमा कार्यक्रममा जानकारी गराउनु भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकाल्ने प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको तथ्यांकका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चि प्रदेश कार्यालयका सुचना अधिकारी नारायण प्रसाद ढकालले जानकारी गराउनु भएको थियो । भ्रष्टाचार नियन्त्रण तथा सुशासनप्रवद्र्वन गर्ने कार्यक्रममा शैल्यशिखर नगरपालिका नगर प्रमुख विजय सिंह धामी,महाकाली नगरपालिका उप प्रमुख दुर्गा खत्री विष्ट,मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी,उपाध्यक्ष कल्यान सिंह धामी,लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी,उपाध्यक्ष माधपी जोशी,नौगाड गाउँपालिका अध्यक्ष दल्जित सिंह धामी, व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामी , प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि,पालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायत जिल्लास्थित सरकारी एवं गैरसरकारी संस्थाका प्रमुख एव्म प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुतm कार्यालय प्रमुख किशोर सिलवालको अध्यक्षता एवम जिल्ला समन्वय समिति प्रमुख महादेब बडूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन गर्ने कार्यक्रममा पालिकाका कर्मचारी, विषय विज्ञहरुले आ–आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष शंकर सिंह धामीले पालिकाहरुले मासिक आय व्यय विवरण आफ्नो सूचना पार्टीमा राख्ने अभ्यास नभएको,मासिक बजेट सार्वजनिकिकरण,जिल्ला तहमा सार्वजनिक सुनवाई जस्ता सुशासनका औजारहरुको प्रयोग हुनु जरुरी रहेको बताउनु भएको छ । यस्तै उपभोक्ता समितिहरुमा कसैले कहिलै नपाउने कसैले पाएको पाए हुने प्रविृतिको अन्त्य भई सबैले अवसर पाउनु पर्नेमा जोड दिनु भयो । यस्तै प्रमुख जिल्ला अधिकारी दिर्घ राज उपाध्ययले राज्यले दिएको भुमिका र जिम्मेवारीलाई ईमान्दारीका साथ पालना गर्ने हो भने भ्रष्टाचार आफै शुन्य हुने बताउनु भयो ।

चालु आर्थिक वर्षको मंसिर मसान्त सम्म १८ वटा उजुरी दर्ता
दार्चुला जिल्लामा चालु आर्थिक वर्षको मंसिर मसान्त सम्ममा १८ वटा उजुरी दर्ता भएका छन् । दर्ता हुन आउने अधिकांश उजुरी स्थानीय तह सम्बन्धी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चि प्रदेश कार्यालयका सुचना अधिकारी नारायण प्रसाद ढकालले बताउनु भएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको हाल सम्म जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा समान ४÷४ वटा उजुरी दर्ता भएका छन । यस्तै लेकम गाउँपालिकामा ३, महाकाली नगरपालिकामा १, दुहुँ गाउँपालिकामा २, अपिहिमाल गाउँपालिकाका ३, र व्याँस गाउँपालिकाका १ वटा उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयका सुचना अधिकारी ढकालले जानकारी दिनु भएको छ । कार्यालयले गत वर्षको ३ वटा र चालु आर्थिक वर्षको ५ वटा उजुरी गरि यो वर्ष जम्मा ८ वटा मुद्धाको मात्रै फर्छयौट गरेको जनाएको छ । अझै कार्यालयले गत वर्षको २० र चालु आर्थिक वर्षको १३ गरी ३३ वटा उजुरी फर्र्छौट हुन बाकी रहेको छ । भ्रष्टाचार रोक्न आयोगले विभिन्न जिल्लामा प्रबद्र्धनात्मक कार्यक्रम गर्न थालेपछि उजुरी गर्ने संख्या बढेको समेत बताएका छन । तथ्यगत उजुरी आए आयोगलाई छानबीन गर्न सजिलो हुने भएकोले सरोकारवाला निकाय सबैले भ्रष्टाचार रोक्न जागरुक बन्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । दार्चुलाबाट पछिल्लो समय स्थानीय तहको बारेमा बढी उजुरी आए पनि उजुरी फर्र्छौट गर्न स्थानीय तहकै कारण असजिलो भईरहेको अख्तियारका कर्मचारीहरुले बताएका छन । अख्तियारमा उजुरीको संख्या बढे पनि स्थानीय तहलाई पटक पटक ताकेता गर्नुपर्ने, समग्र इकाई गठन नहुनु, आफु अनुकुल जवाफ पठाउने, आरोपीत व्यक्ति र निकायकै जवाफ साभार गरि पठाउनु, स्थलगत निरीक्षण बिना प्रतिवेदन पठाउने गरेका कारण उजुरी फर्छ्र्यौट गर्न गाह्रो हुने गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !