दार्चुलामा प्राज्ञिक विद्यार्थीले यसरी मनाए पृथ्वी जयन्ती

0
527

दार्चुला, पुष २८ गते ।
प्राज्ञिक विद्यार्थी परिषदले दार्चुलामा पनि ३ सय औँ पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको छ ।

विहिबार साझँ दार्चुला सदरमुकाम खलंगामा अखण्ड नेपालको नक्सामा दिप प्रज्वलन गरि तथा फोटोमा माल्यापर्ण गरि दिवस मनाएको प्राज्ञिक विद्यार्थी परिषद सुदुरपश्चिम प्रदेश अध्यक्ष महेश भट्टले बताउनुभयो । मंगलबार देशभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाइएको छ । विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।