दार्चुलामा प्रदेशको ९३ प्रतिशत विकासे बजेट खर्च

0
557

बिरा दत्त भट्ट,
दार्चुला, साउन ३ गते ।
आर्थिक बर्ष २०७७/७८ मा दार्चुलामा सुदुरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको कुल पूजीगत बजेटको ९३ दशमलब २२ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश सरकारको बजेट कार्यान्वयन गर्ने दार्चुलाका विभिन्न सरकारी कार्यालयहरुले उक्त बजेट खर्च गरेका छन् ।

सबै भन्दा बढी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले पूँजीगत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाका प्रमुख भुपाल सिह कार्कीले जानकारी दिनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको पूँजीगत कुल १२ लाख ६० हजार बजेट मध्ये १२ लाख ५९ हजार ९सय ७१ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ ।
जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र दार्चुलाले पनि कुल पूँजीगत बजेटको ९९ दशमलब ९६ प्रतिशत बजेट खर्च गरेको छ । कुल पूँजीगत बजेट ३ लाख ९५ हजार मध्ये ३ लाख ९४ हजार ९ सय रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ ।
सामाजिक विकास कार्यालय दार्चुलाले कुल पूँजीगत बजेटको ९९ दशमलब ५१ प्रतिशत बजेट खर्च गरेको छ । कुल ९६ लाख ५२ हजार बजेट मध्ये ९६ लाख ५ हजार ६ सय १ रुपैयाँ विकासे बजेट खर्च भएको छ । जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय दार्चुलाले कुल विकासे बजेटको ९३ दशमलब ९८ प्रतिशत खर्च गरेको छ । कुल पूँजीगत ३० करोड २ लाख ६६ हजार बजेट मध्ये २८ करोड २२ लाख १ हजार २२ रुपैयाँ खर्च भएको छ । जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय दार्चुलाले असार महिनामा मात्रै १० करोड ९४ लाख १६ हजार ७ सय २४ रुपैयँँ खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाको प्रतिबेदनले देखाएको छ ।
डिभिजन बन कार्यालय दार्चुलाले कुल पूँजीगत बजेट २ करोड ६ लाख ४८ हजार मध्ये १ करोड ८३ लाख १५ हजार ६ सय २३ रुपैयाँ खर्च गरेको छ । जुन कुल पूँजीगत बजेटको ८८ दशमलब ७० प्रतिशत हो । डिभिजन बन कार्यालय दार्चुलाले असारमा मात्रै १ करोड ११ लाख ३७ हजार ८ सय ७८ रुपैयाँ खर्च गरेको छ ।
जिल्ला अस्पताल दार्चुलाले कुल पूँजीगत बजेट १ करोड ६१ लाख ८ हजार मध्ये १ करोड ३९ लाख १३ हजार ८ सय २४ रुपैयाँ खर्च गरेको छ । जुन कुल पूँजीगत बजेटको ८६ दशमलब ३७ प्रतिशत हो ।
त्यसैगरि स्वास्थ्य कार्यालय दार्चुलाले कुल पूँजीगत बजेटको ८५ दशमलब ७२ प्रतिशत बजेट खर्च गरेको छ । १ करोड ३५ लाख ६० हजार पूँजीगत बजेट मध्ये करोड १६ लाख २४ हजार ८ सय ७१ रुपैयाँ खर्च भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाले असार महिनामा मात्रै ७८ लाख ५२ हजार ४ सय ७९ रुपैयाँ खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ ।
कृर्षि ज्ञान केन्द्र दार्चुलाले कुल विकासे बजेटको ७३ दशमलब ८३ प्रतिशत खर्च गरेको छ । कुल पूँजीगत १९ लाख ३७ हजार मध्ये १४ लाख ३० हजार १ सय १८ रुपैयाँ ९६ पैसा खर्च भएको छ ।
सबै भन्दा कम विकासे बजेट खर्च जिल्ला प्रहरी कार्यालय दार्चुलाले गरेको छ । प्रदेश सरकारले विभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालनका लागि विनियोजन गरेको कुल पूँजीगत बजेट मध्ये ५० दशमलब ७६ प्रतिशत मात्रै जिल्ला प्रहरी कार्यालय दार्चुलाले खर्च गरेको छ । कुल पूँजीगत बजेट ७० लाख मध्ये ३५ लाख ३५ हजार ७ सय ८४ रुपैयाँ बजेट खर्च भएको प्रदेश लेखा इकाई कार्यालय दार्चुलाको प्रतिबेदनले देखाएको छ । त्यसैगरि प्रदेश सरकारका दार्चुलामा रहेका कार्यालयहरुले चालु तर्फको कुल बजेटको ९६ दशमलब ४० प्रतिशत खर्च गरेका छन् ।